Home / News / प्रवास / रातै भयो टेक्ससको डल्लास

रातै भयो टेक्ससको डल्लास

 टेक्सस । नेपाली नारीहरुको महान् चाड हरितालिका तीज नजिकिंदै जाँदा नेपालमा मात्र होइन विदेशमा बस्दै आएका नेपाली महिलाहरुमाझ पनि यतिखेर तीजले छोपिसकेको छ । अमेरिकाको विभिन्न राज्यहरु यतिखेर तीजको रमझमले रंगिने गरेका छन् । यसै क्रममा अमेरिकाको टेक्सस राज्यको डल्लासस्थित नेपाली समाज टेक्सस तथा इन्द्रेणी सांस्कृतिक संघले संयुक्तरुपमा एक भव्य तीज कार्यक्रम सम्पन्न गरेको छ ।
गत अगष्ट ३१ तारिख इरभिङस्थित डिभाइन बलरुम हलमा सम्पन्न तीज कार्यक्रममा ६ सयभन्दा बढीको संख्यामा स्थानीय नेपाली महिलाहरुको उपस्थिति रहेको थियो । झण्डै रातभरजसो चलेको तीज कार्यक्रममा सामूहिक दरसमेत खुवाइएको थियो । कार्यक्रममा ठूलो संख्यामा सहभागी महिलाहरुलाई इंगित गर्दै यसअगाडि कहिल्यै यस्तो रमाइलो तीज टेक्ससमा आफूले महसुस गर्न नपाएको सहभागी एक महिलाले बताइन् ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष डा. प्रेमराज अधिकारी, इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष नेत्र पाण्डे, कलाकार रचना सिंह तथा सञ्चारकर्मी विकासराज न्यौपानेले तीजको विषयमा सानो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सफलताप्रति सन्तुष्टि जनाउँदै नेपाली समाज टेक्ससका उपमहासचिव विजयराज भट्टराईले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

Check Also

trumptower

ट्रम्पपत्नी तत्काल ह्वाइट हाउस नजाने

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासबाट उनकी पत्नी मलानिया ट्रम्प आफ्नो पतिले कार्यालय सम्हाल्न …