Home / News / प्रवास / सिन्धुपाल्चोकको शिक्षाका लागि न्यूयोर्कबाट सहयोग

सिन्धुपाल्चोकको शिक्षाका लागि न्यूयोर्कबाट सहयोग

 न्यूयोर्क । गत अगष्ट २४ तारिख साँझ सिन्धु वेल्फेयर सोसाइटीले आफ्नो दोस्रो अधिवेशन तथा फण्डराइजिङ कार्यक्रम सम्पन्न गरेको छ ।
ज्याक्सन हाइटस्थित शेर्पा गुम्बामा सम्पन्न सोसाइटीको अधिवेशन तथा फण्डराइजिङ कार्यक्रमको प्रमुख आतिथ्य संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग उपप्रमुख सेवा लम्साल अधिकारीले गरेकी थिइन् । कार्यक्रममा समाजभित्रका व्यापारी, बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञलगायतले संस्थाको कार्यहरुको प्रशंसा गर्दै सिन्धुपाल्चोकको शिक्षाको विकासमा गर्दै आएको सहयोगमा साथ दिने वचनबद्धतासमेत व्यक्त गरेका थिए ।
सोसाइटीका अध्यक्ष वंशलाल तामाङको सभापतित्वमा सम्पन्न साँझमा संस्थाका महासचिव छिरिङ तेञ्जिङ शेर्पाले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कलाकार अमृत लामा र व्यापारी रामचन्द्र श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
सिन्धुपाल्चोक जिल्लाबासीहरुको साझा संस्थाको रुपमा स्थापित सोसाइटी आफ्नो स्थापनाकालदेखि सिन्धुपाल्चोक जिल्लाका द्वन्द्वपीडित बालबालिकाहरुको शिक्षामा सहयोग पु¥याउँदै आएको भए पनि अब पूर्णरुपमा सिन्धुपाल्चोकको मिसन एजुकेशन नामक शैक्षिक अभियान शुरु गरेको संस्थाका अध्यक्ष वंशलाल तामाङले बताए । न्यूयोर्कमा तीन वर्षअगाडि स्थानीय संस्थाले हाल सिन्धुपाल्चोक जिल्लाका विभिन्न विद्यालयहरुमा ९ जना द्वन्द्वपीडित बालबालिकाको शिक्षामा मद्दत पु¥याइरहेको छ । सोसाइटीले १७ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ भने पदाधिकारीहरुको छनोट नवनिर्वाचित कार्यसमितिले गर्ने जनाइएको छ ।

Check Also

wana-nagc-community

वाना र एनएजीसीद्वारा सामुदायिक केन्द्र भवन निर्माणकार्य शुभारम्भ

क्यालिफोर्निया । वेस्ट अमेरिका नेपलिज एसोसिएसन (वाना)ले सामुदायिक केन्द्र भवन निर्माणकार्यको शुभारम्भ गरेको छ । …