Home / News / साता सुन्दरी / मिस नेपाल युएस

मिस नेपाल युएस

 मिस नेपाल युएस–२०१३ को शीर्ष उपाधि जितेपछि कस्तो महसुस गर्दै हुनुहुन्छ ?

निश्चित रुपमा खुसी त छु नै । योसँगै म माथि जिम्मेवारी बढेको महसुस पनि गरेकी छु । र जीवनमा केही गर्ने आँट र हिम्मत अझ बढेको छ ।
टाइटल अवार्ड आफ्नो नाममा परेको थाहा पाउँदा कस्तो लाग्यो ?
मैले गलत सुनेजस्तै लाग्यो । मैले त सबैलाई जितेजस्तै लागेको थिएन । केहीबेर पत्यार नि लागेन ।

जितको अनुभव परिवारसँग कसरी बाँड्नुभयो त ?
मेरो आमा नेपालमै हुनुहुन्छ । आमालाई फोन गरेर सुनाएँ । आमा पनि खुसी हुनुभयो र बधाई दिनुभयो । अवार्ड जिते पनि जस्तो थियौ, त्यस्तै हुनु र रहनु भनेर आशिर्वाद दिनुभयो ।

जित्छु भन्ने कतिको आशावादी हुनुहुन्थ्यो ?
खासै थिएन तर टप टेनभित्र पर्छु जस्तो चाहिँ लागेको थियो ।

टाइटल जित्दा अनुहारमा न खुसी न विस्मात नै देखियो, किन होला ?
हजुर मेरो नेचर नै त्यस्तो हो । म न नर्भस थिएँ न उत्साहित नै । आपूmलाई ब्यालेन्समै राखेको थिएँ । मैले कुनै टाइटल नजितेको भए पनि त्यसको लागि तयार नै थिएँ ।

यो उपाधि ब्रेन र ब्यूटी कुन कुराले जितेको जस्तो लाग्छ ?
ब्रेनले नै जितेको हो । हुन त यस प्रकारको अवार्डहरुमा ब्यूटी हुन पनि जरुरी छ । यसको लागि आफूमा दुवै भए राम्रो । त्योसँगै मेरो म्याचुरिटी र ब्यालेन्स पनि प्लस पोइन्ट भयो सायद ।

२२ वर्षकै उमेरमा यस्तो व्यावहारिक र परिपक्वता बन्नुको कारण ?
पहिलो कुरा त यी सबै आमाकै कारण हो । अनि म आपैm ‘सेल्फ मोटिभेटेड पर्सन’ पनि हुँ । म ६ कक्षा पढ्दै गर्दा एक्लै माइक्रोबस चढेर तत्कालीन निर्वाचन आयुक्तको अन्तरवार्ताहरु लिन पुग्थें । र, आफ्नो ‘चोइस’हरु आपैmले बनाउँदै गए ।

मिस नेपाल युएसमा संगालेको समग्र अनुभव कस्तो रह्यो नि ?
एकदम रमाइलो । हाम्रो चिफ कोरियोग्राफर माल्भिका सुब्बाले जुन रुपमा हामीलाई ट्रेनिङ दिनुभयो यसले हामीलाई जीवनमा धेरै कुराको ज्ञान बढ्यो । र, यस प्रकारको इभेन्टमा सहभागी हुनु पनि त्यतिकै गाह्रो हुने रहेछ । प्रतिस्पर्धामा गएपछि राम्री पनि देखिनु पर्ने, सधैं हाँसेरै बस्नु पर्ने, नङ, कपाल, खुट्टा जिउडाल मिलेको हुनुपर्ने र दुई सेकेण्डभित्र प्रश्नको जबाफ पनि दिनुपर्ने । बितेको एक साता त हाम्रो लागि आर्मी क्याम्पको टे«निङजस्तै लाग्यो ।

अमेरिकामा अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म जर्जियाको वेसलयन कलेजमा एकाउन्टिङ मेजर र फाइनान्स र म्युजिक माइनरमेजर लिएर पढ्दै छु । म नेपाल हुँदादेखि नै सिनियरहरुसँग ब्याण्डमा रहेर गीत गाउँथे । म आपैm गीत पनि लेख्छु र गाउँछु । यहाँ कलेजमा पनि म्युजिक लिएरै पढ्दैछु ।

नेपाल हुँदा चाहिं के गर्नुहुन्थ्यो त ?
नेपालमा म बुढानिलकण्ठ स्कुलबाट ‘ए’ लेबलसम्मको पढाइ सकें । यो सँगै ‘ईसीएस’ र ‘नभ्यता’ नामक पत्रिकामा सब–एडिटर भएर काम गर्थें । बीचमा मैले ‘ए’ लेबलका विद्यार्थीहरुलाई पढाउँथें पनि र गोर्खा एफएममा कार्यक्रम पनि चलाउँथें ।

अब भविष्यको योजना के छ नि ?
पहिलो कुरा त आफ्नो पढाइलाई निरन्तरता दिनुप¥यो । अनुभवी र पेशागत व्यक्तिहरुसँग मिलेर नेपालमा सामाजिक कार्यमा पनि केही काम गर्ने सोंच बनाएकी छु । नेपालको शिक्षा क्षेत्रमा व्याप्त गलत धारणालाई परिवर्तनको लागि अन्य युवालाई आँट र हिम्मत दिनु मन छ । सायद नेपाल टुरिजम बोर्डसँग मिलेर नेपालमै स्थानीयस्तरको टुरिजमलाई प्रोमोट गर्ने विचारमा छु । यसका लागि आवश्यक प्रपोजलहरु बनाउँदै पनि छु ।

नेपालमा महिला हिंसा बढ्नुको मुख्य कारण ?
आफ्नो कुराको निर्णय आपैंmले गर्न नसक्नु र आत्मनिर्भर हुन नसक्नु नै हो । फेरि हाम्रो पुरुषप्रधान समाज पनि अर्काे मुख्य कारण हो जस्तो लाग्छ ।

महिलालाई शिक्षा कि अधिकार दिनु जायज हो ?
शिक्षा । अधिकार भएर त्यसैको बारेमा ज्ञान भएन भने यसको के महत्व रहन्छ ? त्यसैले शिक्षा नै पहिलो हो अनि मात्र अधिकार ।

अन्त्यमा, मंसिर ४ मा नेपालमा संविधानसभाको निर्वाचन हुन्छ ?
हुँदैन ।

प्रस्तुति/तस्वीर: प्रशान एलुङ् राई

Check Also

अमेरिकाको बर्गरले केकीलाई सास्ती

नेपाली चलचित्र क्षेत्रमा नायिका केकी अधिकारी निकै नै परिचित नाम हो । नेपाली गीत–संगीतमा मात्र …