Home / News / मनोरञ्जन / नायिकाभन्दा कम छैनन् हास्य महिला पात्र

नायिकाभन्दा कम छैनन् हास्य महिला पात्र

 गुन्यूचोल्हो र साडीमा देखिने हास्य महिला कलाकारहरु स्टेज कार्यक्रममा नायिकाभन्दा कम छैनन् ।

काठमाडौंमा चलिरहेको गाईजात्रे महोत्सवमा देखिएका हास्य महिला पात्रहरुको फेशन हेर्दै आकर्षक भएको दर्शकहरुले बताएका छन् । कतिपय दर्शकले उनीहरुले फेशन शो मात्र नगरेर अंग प्रदर्शन गरेको समेत आरोप लगाएका छन् । ‘मेरी बास्सै’मा सुन्तली र फतौरी आमैको नामबाट साधारण गाउँले महिलाको भूमिका निर्वाह गर्दै आएकी कुञ्जना घिमिरे महोत्सवको तयारीको क्रममा जाँदा कार्यक्रममा निकै फेशनदार भएर जाने गरेकी छन् ।

नेपाल टेलिभिजनको अर्को चर्चित कार्यक्रम ‘तीतो सत्य’मा साडी र ब्लाउज लगाएर गृहिणीको भूमिकामा देखिने दीपाश्री निरौला पनि फरक गेटअपमा देखिने गरेकी छन् । कतिपय महिला कलाकार सानो कट्टु र आधी भाग मात्र छोप्ने कपडा लगाएर हिँड्ने भएकाले उनीहरुको स्टेज शो भन्दा पनि त्यसअघिको शो हेर्नेहरु धेरै भेटिएका छन् । मेरी बास्सैमा ‘माग्ने बूढो’को श्रीमती भएर गाउँले भेषमा देखिने मैयाँ पनि स्टेज शो बाहिर निकै ठाँटिएर हिँड्ने गरेकी छन् । सुर्खेतबाट काठमाडौं आएर जम्न थालेकी कलाकार नन्दा बस्याल सेक्सी कपडामा देखिन्छन् ।
विगतका वर्षहरुमा जस्तै यसपटक पनि कलाकारले प्रस्तुत गरेका अश्लिल संवाद, हाउभाउ सहन नसक्ने पनि उत्तिकै छन् । जे भए पनि महिला कलाकारको चर्चा यतिबेला काठमाडौंमा राम्रैसँग भैरहेको छ । महिला कलाकारहरुले स्टेजमा हुने अश्लिलतालाई कथावस्तुले मागेको बताउने गरेका छन् । तर बाहिरको फेसनलाई भने उनीहरुले स्वतन्त्रताको कुरासँग जोड्न थालेका छन् ।

Check Also

pooja-sharma-hot-bikini-pose6

हट तस्वीरले चर्चामा

नायिका पूजा शर्माले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो हट तस्वीर सार्वजनिक गरेपछि उनी निकै चर्चामा छन् …