Home / Uncategorized / रकमान्तर कार्य बन्द गर्न अख्तियारको निर्देशन

रकमान्तर कार्य बन्द गर्न अख्तियारको निर्देशन

जेठ २६ । रकमान्तरको विषयमा विवाद भइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रकमान्तर कार्य बन्द गर्न निर्देशन दिएको छ । आयोगले सरकारी बजेट बाँडफाँड नगर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलार्इ निर्देशन दिएको हो।

आ.व. ०७०७१ को बजेट कार्यान्वयनको समयावधि दुई महिना पनि बाँकी नरहेको अवस्थामा स्थानीय योजनाका लागि जथाभावी बजेट बाँडफाँडकार्य बन्द गर्न आयोगले निर्देशन दिएको बताएको छ। ‘आर्थिक वर्षको अन्त्यतिर स्रोत छरिनेगरी नयाँ कार्यक्रम स्वीकृत गरी खर्च गर्दा त्यसको अपेक्षित उपलब्धि हासिल नहुने र दुरूपयोगको सम्भावना पनि प्रवल रहने विज्ञप्तीमा उल्लेख गरेको छ ।
अख्तियारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्वीकृत कार्यक्रमका लागि निकासा भएका रकमका सन्दर्भमा पारदर्शिता अपनाई सदुपयोग गराउन सचेत गराएको हो । ‘निकासा भइसकेको रकमको दुरूपयोग हुन नदिन जिल्ला विकास समितिबाट कडाईका साथ अनुगमन गराउने व्यवस्था मिलाउँन पनि आयोगले निर्देशन दिएको छ ।

Check Also

महिला सङ्घको ७० वर्षको इतिहासमा तेस्रो महाधिवेशन बुधबारबाट सुरु, को–को छन् उम्मेदवार ?

भदौ २८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन भोलिदेखि काठमाडौँमा …