Home / News / राशिफल / तपाईंको यो साता

तपाईंको यो साता

मेषः
राजनीतिक विवादमा वैमनस्य बढ्नेछ । प्रशासनिक कार्यमा विजय प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । न्यायिक पक्ष सबल रहनेछ । नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ ।

वृषः
राजनीतिक कार्यमा अल्झन पर्न सक्छ । न्यायिक क्षेत्रको विवाद यथावत् रहनेछ । अचल सम्पत्तिमा विवाद उत्पन्न हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ ।

मिथुनः
रोजगारीका अवसर प्राप्त हुनेछन् । राजनीतिक कार्यमा सफलताका सम्भावना बढेर जानेछन् । मानसिक आध्यात्मिक शान्ति प्राप्त हुनेछ । सामाजिक सद्भावको विकास हुने छ ।

कर्कटः
साहित्यको क्षेत्रमा प्रशस्त प्रगतिको सम्भावना रहेको छ । आयआर्जनमा भने अवरोध आउन सक्छ । वैदेशिक व्यापारमा झमेला आउनेछ । स्वास्थ्यमा अनावश्यक खर्च हुने देखिन्छ ।

सिंहः
सृजनात्मक लेखनको क्षेत्रमा प्रगति भएर जानेछ । जागिरमा प्रतिष्ठा वृद्धिको योग देखिन्छ । घरघडेरीको व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । विशिष्टजनको सहयोगले कार्यमा सफलता ।

कन्याः
धार्मिक कार्यमा सहभागिताको योग देखिन्छ । सामाजिक सहयोग मिल्ने देखिन्छ । मित्रहरुबाट अन्तर्घातको सम्भावना हुनेछ । राजनीतिक कार्यमा अवरोधको सामना गर्नु पर्ला ।

तुलाः
विशिष्ट मान्यजनको सहयोग प्राप्त हुनेछ । सामाजिक दायित्व बढ्ने देखिन्छ । मनमा चिन्ता बढ्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिकः
राजनीतिक तनावको सामना गर्नुपर्ला । न्यायिक कार्यमा विजय पाइने देखिन्छ । प्राविधिक कार्यको लगानीबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । पारिवारिक सद्भाव वृद्धि हुनेछ ।

धनुः
अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । गरेका कार्यबाट प्रशस्त सन्तुष्टि मिल्नेछ । दायित्वबोधको अनुभूतिबाट महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । मित्रहरुबाट सहयोगका सम्भावना खुल्नेछन् ।

मकरः
व्यावसायिक क्षेत्रमा परिवर्तन आउनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ ।

कुम्भः
व्यापार–व्यवसायमा अल्झन देखा पर्न सक्छन् । नयाँ कामको योजना बन्नेछ । सन्तानसुखमा बाधा आउला । शैक्षिक क्षेत्रमा सफलताको प्रबल सम्भावना छ । सन्तान प्राप्तिको योग छ ।

मीनः
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्यमा बाधा व्यवधान उत्पन्न हुनेछ । पठनपाठनमा मन नलाग्ला । राजनीतिक लाभको पद मिल्नेछ ।

Check Also

तपाईंको साता

मेषः व्यापार–व्यवसाय लाभदायक रहनेछ । पारिवारिक सम्बन्ध सुखमय रहनेछ । आयआर्जनमा वृद्धि हुने देखिन्छ । …