Home / Uncategorized / विद्यालय जाँदै गरेकी बालिका बलात्कार गर्ने ताम्राकार प्रहरी खोरमा

विद्यालय जाँदै गरेकी बालिका बलात्कार गर्ने ताम्राकार प्रहरी खोरमा

कार्तिक २०। विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कृष्णपुर–४ का नारद ताम्राकारलाई विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गुलरियाले पक्राउ गरेको हो ।

बालिकाले साँझ आफ्ना अभिभावकलाई घटनाबारे जानकारी गराएकी थिइन् । बालिकाका अभिभावकको प्रहरीमा उजुरी दिएपछि नारदलाई पक्राउ गरी जिप्रकाको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । महाकाली अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरिएको रिपोर्ट आएको प्रहरीले बताएको छ ।

Check Also

नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर

कात्तिक २१  । कांग्रेस नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर भएको आशंका छ। एसियाली महिलाहरूको सञ्जाल …