Home / News / अन्तर्राष्ट्रिय / तालिवान विद्रोहीको आक्रमणमा दश प्रहरीको ज्यान गयो

तालिवान विद्रोहीको आक्रमणमा दश प्रहरीको ज्यान गयो

कार्तिक २४ । अफगानिस्तानमा सोमबार तालिवान आतङ्ककारीले गरेको दुईवटा बम आक्रमणमा कम्तीमा १० प्रहरीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

नेटो सैनिकहरुले आगामी महिना अफगानिस्तान छोड्ने निर्णय भइसकेको यस अवस्थामा तालिवानको आक्रमणमा अफगान सुरक्षाकर्मीको हताहत बढेका बताइएको छ ।

राजधानी काबुलबाट दक्षिणमा पर्ने लोगार प्रान्तमा भएको एक आत्मघाती आक्रमणमा एक कमाण्डरसहित सात प्रहरीको मृत्यु भएको जनाइएको छ ।

लोगार प्रान्तको पुली आलममा पैदलयात्रा गरिरहेका अफगान स्थानीय प्रहरी कमाण्डरलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा कमाण्डरसहित अन्य छ जना प्रहरीको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

कार्यालयमा छलफलहको लागि पुगेका कमाण्डरलाई सैनिकपोशाक लागाएका आक्रमणकारीले आक्रमण गरेको बताइएको छ । एजेन्सी

Check Also

afganistan-1

अफगानिस्तानमा बीस दिनमा तीन सय सत्तरीको विद्रोही लडाकूको मृत्यु

कात्तिक ९। अफगानी सरकारी सुरक्षा कारबाहीमा त्यहाँको उत्तरी गाजनी प्रान्तमा बितेको २० दिनमा कम्तिमा ३७० …