Home / Uncategorized / जीप दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु

जीप दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु

कार्तिक २६ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अर्घामा जिप दुर्घटना हुदाँ कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा जिप चालक धारापानी–६ रातामाटाका अन्दाजी ३४ वर्षीय कमल बन्जाडे, सन्धिखर्क नगरपालिका–१२ अर्घादीपका २२ वर्षीया जमुना खड्का र जमुनाको छोरा एक वर्षीय बालक कपिल रहेको प्रहरीले जनाएको छ ।

चुत्राबेसीबाट हिले जाँदै गरेको लु १ ज १४५३ नम्बरको जिप मंगलबार साँझ सन्धिखर्क नगरपालिका–१२ अर्घादीप सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

Check Also

भक्तपुर काँग्रेसका उम्मेदवारको पहिलो प्राथमिकता विकास

वैशाख २० । भक्तपुरको विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताले आफ्नो विजयसँगै नगरमा …