Home / News / खेलकुद / नेपालका सामू मलेसिया निरीह, मलेसिया ६३ रनले पराजित

नेपालका सामू मलेसिया निरीह, मलेसिया ६३ रनले पराजित

कार्तिक २६ । एसीसी यू–१९ प्रिमियर क्रिकेटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । मलेसियालाई ६३ रनले हराउँदै नेपालले लगातार तेस्रो जित हात पारेको हो । यस अघि साउदी अरेबियालाई १९५ रनले पराजित गर्दै फराकिलो जित हाँसिल गरेको नेपालले मलेसियालाई ३०.४ ओभरमा ६२ रनमै प्याकअप गर्न सफल भयो ।

टस जितेर पहिले व्याटिङ थालेको नेपालले मलेसियासामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनपछि नेपालका सामू मलेसिया निरीह बन्यो ।

मलेसियाका लागि अनवर रहमानले ३३ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्नु नै मलेसियालाई हराउन नेपाललाई सहज भयो ।

नेपालका अर्जुन चौलागाईंले ३.४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । सुशील कँडेल र शौरभ खनालले २–२ विकेट लिए भने सुनिल धमला, प्रेम तामाङ र दिपेन्द्र ऐरीले समान १–१ विकेट हात पारे ।

Check Also

sport

गम्भीर अपराधमा ‘खेलकर्मी’

कात्तिक २१ । ०७० वैशाख ३० मा रविराज सिंह रंगशालामा पक्राउ पर्दा उनको पदीय हैसियत …