Home / News / अर्थ / भारतले नेपाललाई सय मेगावाट विजुली उपलब्ध गराउने

भारतले नेपाललाई सय मेगावाट विजुली उपलब्ध गराउने

कार्तिक २८। भारतले सार्क सम्मेलन अगावै नेपाललाई थप सय मेगावाट विजुली उपलब्ध गराउने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा गरेको प्रतिबद्धता अनुसार सार्क सम्मेलन अगावै सय मेगावाट विजुली दिन लागिएको आजको राजधानी दैनिकमा खबर छ ।

गत साउनमा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्यवस्थापिका संसदमा सम्बोधन गर्ने क्रममा तत्काल नेपालको लोडसेडिङ न्युनीकरणका लागि भारतले थप विजुली दिने घोषणा गरेका थिए ।

त्यही घोषणालाई मूर्त रुप दिादै भारतले नेपाललाई थप एक सय मेगावाट बिजुली दिने भएको छ । सार्कअघि नै ७० मेगावाट विजुली दिने सहमति गर्न लागेको भारतले थप ३७ मेगावाटको प्रतिवद्धता पनि जनाउन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणको हालै भएको सञ्चालक समितिको बैठकले एक सय ७० मेगावाट बिजुली ल्याउने निर्णय गरेकोमा थप एक सय सात मेगावाट बिजुली आयात गर्न लागेको प्राधिकरणले जनाएको छ ।

भारत ७० मेगावाट विजुली दिन सहमत भएको छ भने थप ३७ मेगावाट बिजुलीका लागि प्राधिकरणले मंसिर ४ मा प्राविधिक टोली पठाउान लागेको छ । प्राधिरकणको कार्यकारी निर्देशक मुकेशराज काफ्लेले थप ७० मेगावाट बिजुली दिने वार्तामा भारत सहमत भएको र थप ३७ मेगावाटका लागि प्राधिकरणले टोली पठाउन लागेको जानकारी दिए ।

Check Also

आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत्

पुस १५ । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । नेपालले …