Home / Uncategorized / अख्तियारको डरले दुई सय कर्मचारीले दिए राजीनामा

अख्तियारको डरले दुई सय कर्मचारीले दिए राजीनामा

मंसिर ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीविरुद्धको छानबिन तीब्र पारेपछि वन मन्त्रालयमातहत रहेका दुई सय कर्मचारीले राजीनामा दिएका छन् । विभिन्न जिल्लामा कार्यरत दुई सय वनरक्षक (जमदार)ले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुको राजीनामापछि वन संरक्षण र संवर्द्धन कार्य नै प्रभावित भएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर सुरु गरेका र त्यसैका आधारमा बढुवा पाइ जमदार बनेका उनीहरुले अख्तियारको कारबाहीमा परिने डरले राजीनामा दिएको वन विभाग स्रोतले दाबी गरेको आजको नयाँ पत्रिकामा खबर छ । विभागका अनुसार वन संरक्षणको दृष्टिले संवेदनशील मानिएका उदयपुर, बारा, चितवन, कैलाली, रौतहटलगायतका जिल्लामा कार्यरत अधिकांश सशस्त्र वनरक्षकले राजीनामा दिइसकेका छन् ।

अहिले दिनहुँ १० देखि १५ जनासम्मले राजीनमा दिइरहेको विभागले जनाएको छ । वन तथा भू(संरक्षण मन्त्रालयका सुचिव शरदचन्द्र पौडेलले विभिन्न जिल्लाबाट दुई सय सशस्त्र वनरक्षकले राजीनामा दिएको विवरण प्राप्त भएको जानकारी दिए । मन्त्रालयका अनुसार ६ सय दरबन्दीमध्ये हाल झन्डै चार सय पदमा मात्रै सशस्त्र वनरक्षक कार्यरत छन् ।

Check Also

election-pic

ताजा मत सर्बेक्षणमा क्लिन्टन मजबुत

न्युयोर्क /अमेरिकि संचार माध्यमहरुले सार्वजनिक गरेको पछील्लो मत सर्बेक्षणले राष्ट्रपती पद कि उम्मेद्वार हिलारी क्लिन्टन …