Home / News / प्रवास / जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा आनन्द विष्ट निर्वाचित

जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा आनन्द विष्ट निर्वाचित

डलास, टेक्सास, मंसिर ८ । सात वर्षपछि सम्पन्न कांग्रेस अमेरिकी प्रवास संगठन जनसम्पर्क समिति अमेरिकाको दोस्रो एकताको अधिवेशनले तीन वर्षे कार्यकालका लागि आनन्द विष्टको नेतृत्वमा २९ नयाँ कार्यसमिति चयन गरेको छ । टेक्सासको डलासस्थित सेराटन होटलमा नोभेम्बर २३ तारिखमा सम्पन्न मतदान प्रक्रियाबाट देउवाको समर्थन पाएको भनिएको विष्टले निकटतम प्रतिद्वन्द्वी विष्णु सुवेदीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । विष्टले २८१ र सुवेदीले २०८ मत प्राप्त गरेका छन् ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा धनन्जयनरसिंह केसी, उपाध्यक्षहरुमा धर्मराज श्रेष्ठ, भगवानप्रसाद मैनाली, चेतप्रसाद पौडेल र महासचिवमा मुनेन्द्र नेम्वाङ, सचिवमा भोजराज थोकर, ईश्वर सापकोटा र कोषाध्यक्षमा विजय थुलुङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः ओम भट्टराई, सुब्बा लामा (सुवास), हरिबोल भण्डारी, पविता परियार, केशव बराल, लोकबहादुर लामा, मान्तीकुमारी शाह, सुन्दर के गुरुङ, सुभेन्द्र रानाभाट, रविनकुमार बस्नेत, गोपाल विश्वकर्मा, पिताम्बर भुसाल, किलनचन्द्र राई, प्रमोद सिटौला, गोकुल ढकाल, सन्तोष पहारी, माया कडायत पौडेल, हरि शर्मा, अमृत भट्टराई, ज्ञानेन्द्रराज कार्की निर्वाचित भएका छन् । जनसम्पर्क समिति अमेरिकाको नयाँ कार्यसमितिमा जनजातिहरुले राम्रो स्थान पाएको बताइएको छ ।

कसलाई कति मत ?

अध्यक्षः आनन्द विष्ट (२८१ निर्वाचित), विष्णु पौडेल (२०८), डा. अर्जुन बञ्जाडे (१८)
वरिष्ठ उपाध्यक्षः धनन्जयनरसिंह केसी (२४६ निर्वाचित), वेदप्रसाद खरेल (२३३), अर्थराज कोइराला (२४)
उपाध्यक्षः धर्मराज श्रेष्ठ (२६७ निर्वाचित), भगवानप्रसाद मैनाली (२४८ निर्वाचित), चेतप्रसाद पौडेल (२२१ निर्वाचित), अमृत सापकोटा (२१६), नारायण थापा (२०९), अरुण धिताल (१९२)
महासचिवः मुनेन्द्र नेम्वाङ (२५३ निर्वाचित), विनोद भट्ट (२३४)
सचिवः भोजराज थोकर (२४५ निर्वाचित), ईश्वर सापकोटा (२२९ निर्वाचित), सुवास घिमिरे (२१३), लाल पी काफ्ले (२०६)
कोषाध्यक्षः विजय थुलुङ (२५३ निर्वाचित), देशराज संयोक (२३४)
सदस्यहरुः ओम भट्टराई (२७९ निर्वाचित), सुब्बा लामा ‘सुवास’ (२७८ निर्वाचित), हरिबोल भण्डारी (२७७ निर्वाचित), पविता परियार (२६६ निर्वाचित), केशव बराल (२६३ निर्वाचित), लोकबहादुर लामा (२६३ निर्वाचित), मान्तीकुमारी शाह (२५७ निर्वाचित), सुन्दर के. गुरुङ (२४८ निर्वाचित), सुभेन्द्र रानाभाट (२४४ निर्वाचित), रविनकुमार बस्नेत (२४४ निर्वाचित), गोपाल विश्वकर्मा (२४२ निर्वाचित), पिताम्बर भुसाल (२३३ निर्वाचित), किलनचन्द्र राई (२३२ निर्वाचित), प्रमोद सिटौला (२३० निर्वाचित), गोकुल ढकाल (२२९ निर्वाचित), सन्तोष पहारी (२२८ निर्वाचित), माया कडायत पौडेल (२२८ निर्वाचित), हरि शर्मा (२२५ निर्वाचित), अमृत भट्टराई (२२४ निर्वाचित), ज्ञानेन्द्रराज कार्की (२२४ निर्वाचित), पर्मानन्द खनाल (२२३), दुर्गाप्रसाद श्रेष्ठ (२१७), बिपनराज उप्रेती (२१६, बाबुराम दवाडी (२१०), दुर्गेश कार्की (२०६), अनन्तराज सुवेदी (२००), थम्मान बी बस्नेत (१९५), राजन त्रिपाठी (१९५), जगन्नाथ गौतम (१८८), राजेश थापा (१८६), सन्तोषकुमार विष्ट (१८६), प्रभात सापकोटा (१८०), रामकुमार मिश्र (१७८), मुकुन्दराज दाहाल (१७७), प्रियरञ्जन दाहाल (१७५), प्रतीक पाण्डे (१७२), कृष्णजीवी पन्थ (१७०), खेमराज पन्थी (१६२), ऋषि रिचार्ड आर. गैरे (१६०)

Check Also

trumptower

ट्रम्पपत्नी तत्काल ह्वाइट हाउस नजाने

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासबाट उनकी पत्नी मलानिया ट्रम्प आफ्नो पतिले कार्यालय सम्हाल्न …