Home / Uncategorized / सार्क सम्मेलन काठमाडौँमा सुरु, सदस्य राष्ट्रका कार्यकारी प्रमुखको सम्वोधन जारी

सार्क सम्मेलन काठमाडौँमा सुरु, सदस्य राष्ट्रका कार्यकारी प्रमुखको सम्वोधन जारी

मंसिर १० । नेपालमा १८ औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन सुरु भएको छ। नेपालका प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक उद्‍घाटन गरेपछि सुरु भएको सो सम्मेलनमा सार्क मुलुकका प्रमुखहरूले सम्‍बोधन गरिहेका छन् । अहिलेसम्म पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ,श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानीर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सम्बोधन गर्ने क्रम सकिएको छ ।
राजपाक्षेले दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने धारणा राखेका थिए । त्यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै सरिफले दक्षिण एशियाका देशहरु आपसमा लड्ने होइन साझा समस्याविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।
घानीले सिमापार अपराध तथा हिंसा विरुद्ध एकजुट हुन आग्रह गरे । शेख हसिनापछि भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट सम्मेलनलाई सम्‍वोधन हुनेछ। अन्तिममा अध्यक्षका रुपमा कोइरालाबाट सम्मेलनलाई सम्‍बोधन गर्नेछन् ।

Check Also

महिला सङ्घको ७० वर्षको इतिहासमा तेस्रो महाधिवेशन बुधबारबाट सुरु, को–को छन् उम्मेदवार ?

भदौ २८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन भोलिदेखि काठमाडौँमा …