Home / Uncategorized / मधेशवादी नेताले उखान तुक्कामै जवाफ फर्काएपछि ओली जिल्ल

मधेशवादी नेताले उखान तुक्कामै जवाफ फर्काएपछि ओली जिल्ल

मंसिर १५ । सधैँ उखान तुक्का भनेर कार्यकर्तालाई हसाउँने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार भने मधेशवादी नेताले उखान तुक्कामा उछिनेका छन् ।
एमाले संसदीय दलको कार्यालयमा सोमवार भएको छलफलमा उनीहरुले एमालेले राखेको प्रस्तावलाई उखान तुक्काकै शैलीमा जवाफ फर्काएका थिए । सरकारमा सहभागी भएर सहमतिमा संविधान निर्माण गर्न नेकपा एमालेले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई बैठकको सुरुमै प्रस्ताव राखेका थिए । तर, उनीहरुले उनीहरुले त्यो प्रस्ताव अस्वीकार मात्र गरेर उखान तुक्का प्रयोग गरेर एमालेको प्रस्तावलाई हाँसीमजाक बनाए । नेकपा एमालेका अध्यक्ष गरेको प्रस्तावको प्रतिउत्तरमा उनीहले संविधान जारी नभई सरकारमा नजाने मोर्चाको भिष्मप्रतिज्ञा सुनाएका थिए ।
मधेशवादी नेता ह्रदयश त्रिपाटीले सरकारमा सहभागी गराउने भनेर मधेशवादी दलहरुलाई फेरि काउकुती लगाउन खोजेको प्रतिक्रिया दिएका थिए ।
फोरम अध्यक्ष उपेन्द्र यादवले एमालेले सरकारको आशा देखाएर फेरि हरियो घाँस देखाउन खोजेको आरोप लगाएका थिए ।

Check Also

भक्तपुर काँग्रेसका उम्मेदवारको पहिलो प्राथमिकता विकास

वैशाख २० । भक्तपुरको विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताले आफ्नो विजयसँगै नगरमा …