Home / Uncategorized / कालीगण्डकी किनारमा धुँवासँगै हराए सभासद् हरिबहादुर खड्का

कालीगण्डकी किनारमा धुँवासँगै हराए सभासद् हरिबहादुर खड्का

मंसिर २३। सभासद हरिबहादुर खड्काको मंगलबार गृहजिल्ला बाग्लुङस्थित कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको छ ।

जिप दुर्घटनामा परी निधन भएका नेपाली काँग्रेस बाग्लुङका सभासद् खड्काको अन्तिम संस्कारमा सो पार्टीका उपसभापति रामचन्द्र पौडेललगायतका नेताका सहभागीता रहेको थियो ।

खड्काको पार्थिक शरीरमा पौडेलले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए भने कांग्रेसका नेता, कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरु र सर्वसाधारणको पनि त्यहाँ बाक्लो उपस्थिति रहेको थियो ।

बागलुङ नगरपालिकामा २०२० साल जेष्ठ १८ गते जन्मिएका खड्का २०३६ सालदेखि निरन्तर काँग्रेसको राजनीतिमा सक्रिय थिए ।

Check Also

महिला सङ्घको ७० वर्षको इतिहासमा तेस्रो महाधिवेशन बुधबारबाट सुरु, को–को छन् उम्मेदवार ?

भदौ २८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन भोलिदेखि काठमाडौँमा …