गजल

गन्तव्य पुग्न जीवनलाई मैले गुडाउनु कसोरी,
ठेस लागी दुखेको पाइलालाई अघि बढाउनु कसोरी

विगतलाई पछि फर्केर मैले एक पल्ट नियाल्दा,
तिमीले दिएको खुसीको पललाई भुलाउनु कसोरी

नियति जीवनको भेटिनु अनि छुटिनु परेमा,
आइरहने तिम्रोे मुस्कानी यादलाई मेटाउनु कसोरी

ओठको मुस्कान झरेर आफ्नै छातीमा बल्झिंदा,
मनभित्र दुःख लुकेको घाउ उक्काउनु कसोरी

जीवनलाई बुझ्न कोलाहल बिचमा म आफै हुँदा नि,
मौनताले छुँदा आफैलाई मैले सम्झाउनु कसोरी

जीवनको उत्कट अँध्यारो गर्तमा बालेको आशालाई,
कहरमा निभेको त्यो आशा–किरण जलाउनु कसोरी

० किरण टी. लिम्बु

Check Also

मेरा कथाका अन्तरङ्ग

सन् १८४२ मा प्रकाशित रुसी कथाकार निकोलाई गोगोलको ‘दि ओभरकोट’ कथा मैले झन्डै ३० वर्षअघि …