Home / News / राशिफल / तपाईंको साता

तपाईंको साता

मेषः
सभा सम्मेलन तथा साहित्य लेखनमा समय बित्नेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । अचल सम्पदाको सुखभोग प्राप्त हुनेछ । आयआर्जनका नयाँ स्रोत देखा पर्लान् ।

वृषः
आफन्तसँगको सम्बन्धमा सुधार आउला । स्वास्थ्यमा अवरोध रहने देखिन्छ । खान पान तथा यात्रामा सावधान रहनुहोला । व्यापार तथा अध्ययन सामान्य रहनेछ ।

मिथुनः
शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त होला । पारिवारिक सद्भाव कायम रहनेछ । व्यावसायिक साझेदारी बढ्ने देखिन्छ । रोगबाधक क्षमतामा वृद्धि हुनेछ ।

कर्कटः
रोजगारीको नयाँ अवसर प्राप्त होला । व्यापार–व्यवसायमा सामान्य अवरोधको सामना गर्नुपर्ने देखिन्छ । अचल सम्पत्तिको क्षय होला । मनमा नयाँ–नयाँ कार्यको योजना बन्लान् ।

सिंहः
ऐश्वर्य प्राप्तिको योग छ । आयआर्जनका स्रोत फेला पर्नेछन् । अध्ययन–अध्यापनमा मन लाग्नेछ । आफन्त साथीभाइको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ ।

कन्याः
जागिरमा सफलता मिल्नेछ । लगनका साथ गरिएका कार्यबाट अपेक्षित लाभ मिल्ने देखिन्छ । मातापिताको सहयोग मिल्ला । सवारीसाधन तथा घरघडेरीको प्राप्ति हुने योग देखिन्छ ।

तुलाः
मनमा हर्ष बढ्नेछ । घरमा माङ्गलिक कार्य हुने योग देखिन्छ । पारिवारिक सुख प्राप्त होला । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । साहित्य–सङ्गीतमा रुचि बढ्नेछ । भाग्योदयको योग छ ।

वृश्चिकः
स्वास्थ्यमा समस्या आउला । व्यापार–व्यवसायमा सुधार आउने देखिन्छ । दाजुभाइको सहयोगले शत्रुहरू परास्त हुनेछन् । धार्मिक कार्यमा धन खर्चिनुपर्ला । जागिर पाइने वा पदोन्नति हुने योग छ ।

धनुः
दाम्पत्य जीवन सुखमय रहनेछ । कार्यमा उत्साह र विश्वास बढ्ने देखिन्छ । आर्थिक क्षेत्र सबल बन्नेछ । अचल सम्पत्तिको खरिदविक्री हुनेछ । पारिवारिक सम्बन्ध सामान्य नै रहनेछ ।

मकरः
साथीहरूसँग अनावश्यक वादविवाद बढ्नेछ । चिन्ता र ग्लानीले सताउनेछ । दैनिक कार्यमा बाधा र व्यवधान उत्पत्र हुनेछ । अचल सम्पत्तिको सुखोपभोग मिल्नेछ ।

कुम्भः
सभा–सम्मेलनमा सहभागिताको योग छ । व्यापार–व्यवसायमा बाधा अड्चन आउन सक्नेछ । तीर्थाटन तथा वैदेशिक यात्राको योग छ । विद्या, बुद्धि र शिक्षामा सफलता मिल्नेछ ।

मीनः
आयआर्जनमा सुधार आउला । वैदेशिक यात्राबाट फाइदा हुने देखिन्छ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । कष्टकर तीर्थयात्रा हुने देखिन्छ । मन चञ्चल भए पनि पढाइमा सुधार आउनेछ ।

Check Also

तपाईंको साता

मेषः कुल कुटुम्बको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । …