Home / News / साहित्य / लघुकथाः मैनबत्ती र खुकुरी

लघुकथाः मैनबत्ती र खुकुरी

 ० विपुल सिजापती

‘अझै यो डाँडा छिचोल्नु पर्छ ।’
‘यसपछि पनि दुईवटा डाँडा नाघेपछि बल्ल … ।’
‘बाटो लामो भएन र ?’
‘यस्तै हो बाटो, अलि उबडखाबड नै छ ।’
‘न आत्तिनुस्, हामी साथ दिन्छौं ।’
‘हाम्रो लक्ष्य र उद्देश्य एकै भएपछि किन आत्तिनु हुन्छ ?’
‘पहिलो पटक हिंडेकाले त्यस्तो भएको हो ।’
‘सुरुमा यो बाटो पहिल्याउनेलाई कति गाह्रोे भयो होला ?’
‘पहिल्याउनेलाई भन्दा पनि बनाउनेलाई भनु न ।’
‘केहीबेर सुस्ताउनु पर्छ कि ?’
‘बस्ने र सुस्ताउने ठाउँ भनेको यही ओडार हो ।’
मतलब !
यो भन्दा माथि बस्ती छैन ।
रोटीको पोको मेरो साथमा छ ।
ओडारमा अँध्यारो पनि त होला नि ?
निस्फिक्री
अनि मैनबत्ती
एउटा छ ।
अहो ! उज्यालो पुग्दैन ।
दुई टुक्रा पारुला नि ।
खुकुरी झिकौं ?
हतियार त वर्जित पो थियो यो समूहमा !
आत्मरक्षाका लागि ।
सिद्धान्तविपरीत कुरा भयो यो त ?
‘आत्मरक्षा गलत हैन ।’

गुफामा रातभर मैनबत्ती बलेन, भोलिपल्ट झिसमिसेमै दुई समूह दुईतिर लाग्यो ।

Check Also

devi nepal

देश हार्दै छ आज

वैशाख ११ । हिड्ने चाल उही रवाफ छ उही पापी र लोभी उही बग्ने नाल …