Home / News / प्रवास / वासिङ्टन डिसीस्थित नेपाली दूतावासको वेबसाइट ह्याक

वासिङ्टन डिसीस्थित नेपाली दूतावासको वेबसाइट ह्याक

न्यूयोर्क, पुस ७ । अमेरिकाको वासिङ्टन डिसीमा रहेको नेपाली दूतावासको वेबसाइट ह्याक भएको छ । आइतबार बेलुकीदेखि ह्याकरले दूतावास वेबसाइटको http://www.nepalembassyusa.org नियन्त्रणमा लिएको बताइएको छ । वेबसाइट ह्याक भएको विषयमा दूतावासले अहिलेसम्म केही प्रतिक्रिया जनाएको छैन । सोमबार रातिसम्म पनि ह्याकरले दूतावासको वेबसाइट आफ्नो नियन्त्रणमा राखेका छन् ।

दूतावासको वेबसाइट खोल्नेबित्तिकै ‘मोरक्कन इस्लामिक युनियन’ लेखिएको र करीब ५ मिनेट इस्लामिक गीत बज्ने गरेको छ । वेबसाइटको वालमा चिहानघारीको तस्वीर राखिएको छ ।

Check Also

गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजीः मन्त्री महत

चैत ६ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो …