Home / News / अन्तर्राष्ट्रिय / साउदी अरबमा आत्मघाती आक्रमण, कम्तिमा ३० जना मारिए

साउदी अरबमा आत्मघाती आक्रमण, कम्तिमा ३० जना मारिए

जेठ ८ । साउदी अरबको एक सिया मस्जिदमा आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा कम्तिमा ३० जना मारिएको समाचार छ ।

साउदी अरबको पूर्वी प्रानत कातिफको अल कदिह गाउँस्थित इमाम अली मस्जिदमा शक्तिशाली धमाका भएको हो । मुस्लिमहरुले मष्जिदमा नमाज पढिरहेको समयमा हमलाकारीले आफूलार्इ विस्फोट गरी उडाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै उल्लेख गरेअनुसार यो घटनामा कम्तिमा पनि ३० जनाको ज्यान गएको छ ।

साउदी अरब सरकारले पनि यो विस्फोटको पुष्टि गरेको छ । अहिलेसम्म यो घटनाको जिम्मेवारी कुने संगठनले लिएको छैन । साउदी अरबमा कुनै पनि सिया मस्जिदमा पहिलो पटक आक्रमण भएको हो । एजेन्सी

एक प्रत्यक्षदर्शीका अनुसार विष्फोटका बेला डेढ सय बढी मानिस मष्जिदमा नमाज पढिरहेका थिए ।

साउदी अरबमा शिया मुसलमानको जनसंख्या १० देखि १५ प्रतिशत रहेको छ । धेरैजसो सिया मुसलमानको बसोबास पूर्वी प्रान्त कातिफ प्रान्तीय राजधानी अल खोबरको दक्षिण(पश्चिमस्थित अलअहसामा रहेको छ ।
( क्भभ mयचभ बतस् जततउस्ररधधध।बललबउगचलबउयकत।अयmरल्भधक।बकउहरकतयचथरज्ञद्दज्ञद्धज्ञ३कतजबकज।थ्इज्ञपलाचथ्।मउगा

Check Also

obama-trump2

ह्वाइट हाउसमा ट्रम्पलाई आबामाले गरे स्वागत, डेढ घण्टा छलफलमा के–के भयो ?

कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति बाराक ओबामाबीच निर्वाचनपछि पहिलो …