Home / Uncategorized / प्रधानमन्त्री कोइराला र बिमस्टेकका महासचिवबीच के–के भयो कुराकानी ?

प्रधानमन्त्री कोइराला र बिमस्टेकका महासचिवबीच के–के भयो कुराकानी ?

जेठ १० । प्रधानमन्त्री सुशील कोइरालासंग बिमस्ेटकका महासचिव सुमिथ नकन्दलाले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरे ।
भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले गरेको जनधनको क्षति, बिमस्टेक क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम र त्यसलाई कम गर्ने उपाय, विमस्टेकको नियमित कार्यक्रमको बारेमा छलफल भयो ।
केही समय पहिले नेपालका लागि श्री लंकाका राजदूत समेत रहेका नकन्दलाले नेपालमा आएको यस प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री कोइराला र उनी मार्फत पीडित परिवार प्रति सहानुभूति आफन्त गुमाएका परिवारका सदस्यहरुलाई समवेदना प्रकट गरे ।
उनले विमस्टेक क्षेत्रका मुलुकहरु बाढी–पहिरो,भूकम्प,समुद्री आँधी र सुनामी जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकोले यस्ता जोखिमहरु कम गरी नागरिकहरुको जीवन सुरक्षित गर्न यस क्षेत्रमा प्राविधिक र संस्थागत विकास अत्यावश्यक भएको बताए ।
‘यस दुःखको घडीमा तपाई एक्लै हुनुहुन्न छिमेकी मुलुक, क्षेत्रीय संगठनहरु र अन्तराष्ट्रिय संघसंस्थाहरु साथमा छन,’ उनले भने ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले ८२ बर्षमा आएको यस्तो विनासकारी भूकम्पको कल्पनासम्म नगरिएको बताए । सो अवसरमा विमस्टेकका महासचिवले सन २००४ मा श्रीलंकामा सुनामीले ३५ हजार नागरिकको जीवन लिएर ठूलो विनास गरेपनि श्रीलंका त्यसबाट मुक्त भएर विकासको बाटोमा लम्किएको उदाहरण प्रस्तुत गर्दै नेपाल पनि यस दुःखको अबस्थाबाट छिट्टै बाहिर निस्कन सफल हुने विश्वास व्यक्त गरे ।

Check Also

नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर

कात्तिक २१  । कांग्रेस नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर भएको आशंका छ। एसियाली महिलाहरूको सञ्जाल …