Home / Uncategorized / बबन र अनिलले मच्याए माधवको जिल्लामा हंगामा, नेपालको गाडी तोडफोड

बबन र अनिलले मच्याए माधवको जिल्लामा हंगामा, नेपालको गाडी तोडफोड

साउन ४ । संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जिल्ला रौतहटको गौरमा झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर समेत गर्नु परेको छ । प्रदर्शनकारीले पूर्व प्रधानमन्त्री नेपाल चढेको बा १३ च १४९१ नम्बरको गाडी तथा अन्य आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन् । संविधानसभा बहिस्कार गरेको दल सदभावना नेता अनिल झाले बाहिर सर्वसाधारणलाई किन रोकेको भन्दै आपत्ति जनाएपछि र भित्रबाट पूर्वसभासद् बबन सिंह समेत उत्तेजित बनेपछि तनाव सुरु भएको हो ।

Check Also

भक्तपुर काँग्रेसका उम्मेदवारको पहिलो प्राथमिकता विकास

वैशाख २० । भक्तपुरको विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताले आफ्नो विजयसँगै नगरमा …