Home / News / साता सुन्दरी / डेटिङमा व्यस्त नीता

डेटिङमा व्यस्त नीता

नायिका नीता ढुंगानाले १७ वर्षको उमेरमा पहिलो डेब्यु चलचित्र चाँडै आऊ है हो । हेटौडामा डान्स सिकाएर टाइम पास गरेर बसेको बेलामा संगीतकार चेतन सापकोटाको जोडमा काठमाडौं आएर उनले उक्त चलचित्र खेलेकी हुन् ।

चलचित्र चाँडै आऊ है मा अभिनय गर्नका लागि चेतन सापकोटाको अलावा लेखक मौनता श्रेष्ठको पनि विशेष सिफारिस भएको नीताले खुलासा गरेकी छन् । नातागोता र भनसुन नभइकन नेपाली चलचित्रमा टिक्न गाह्रो हुने बताउने उनले चलचित्र चाँडै आऊ है खेलेपछि नै विभिन्न फिल्ममा भटाभट काम पाएको भनेकी छन् । पहिलो फिल्म रिलिज नभए तापनि भटाभट काम पाउनुको पछाडि सिफारिस नै भएको पनि नीताले खुलासा गरेकी छन् ।

चलाख नायिका नीता यतिखेर डेटिङमा रहेकी छन् । प्रेम रोमान्सलाई खासै खुलाउन नचाहेकी उनी प्रेमीसँग खुलेआम काठमाडौंका विभिन्न रेष्टुरेन्टमा मम खान निकै नै रुचि राख्ने गर्छिन् । सुमाइ रेष्टुरेन्टको सुमाइ मम अति मन पराउने उनी रेष्टुरेन्ट जाँदा आफूले कहिले पनि पैसा तिर्दैनन् । आफूसँग हिंड्ने प्रेमीलाई नै तिराउने गर्छिन् । यो उनको पुरानै बानी हो ।

Check Also

shilpa pokhreelll

शिल्पा पोखरेल भन्छिन्– आलोचना पचाउन सक्छु

नायिका शिल्पा पोख्रेलले अभिनय गरेको चलचित्र वृन्दावन भदौमा रिलिज हुने भएको छ । वृन्दावनमा उनी …