Home / News / साता सुन्दरी / अनु शाह रामदेवका फ्यान

अनु शाह रामदेवका फ्यान

नेपाली चलचित्र क्षेत्रमा झण्डै डेढ दर्जन चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेकी नायिका हुन् अनु शाह । त्यसो त म्युजिक भिडियोमा पनि उनी त्यति नै जमेकी छन् । द युगदेखि युगसम्म नामक चलचित्रबाट आफ्नो यात्रा थालेकी नायिका अनुले फेसनमा आफू सधैं सजग भएको बताउँछिन् । उनलाई टिसर्ट र पाइन्ट मन पर्छ भने लुगा किन्ने बेलामा ब्राण्डमा उनको ध्यान जाँदैन । घरमा तीनवटा दराजमा उनका लुगाले भरिएको छ । सारी लाउन निकै मन परे पनि सुटिङका बेला भने उनले मिनीस्कर्ट नै लगाउने गरेकी छन् । सारीमा आफू सेक्सी देखिने उनले बताउने गरेकी छन् । सारी लगाउन उनी खप्पिस छिन् । पाँच मिनेटभित्र आफूले सारी लगाउने गरेको उनले दाबी गरिन् ।

सेक्सलाई हेर्ने दृष्टिकोण पनि उनको अलि फरक छ । अनुलाई बेलाबेलामा खाइरहन मन पर्छ । आफ्नैबारेमा उनले दाँत सबैभन्दा मन नपर्ने र ओठ सबैभन्दा मनपर्ने टिप्पणी गरेकी छन् । लजालु स्वभावले गर्दा उनले सेक्सका विषयमा खुलेर कुरा गर्न आनाकानी गर्छिन् । तर सेक्सलाई उनले प्राकृतिक नियम, सबैलाई खाँचो र विवाहपछि उत्तम हुने भनेर टिप्पणी गरेकी छन् । सेक्सको अनुभव नभएको भन्दै उनले ब्लू फिल्मबारेमा सुनेको तर नहेरेको बताइन् । आफ्नो परिवारसँग रमाउनु उनको सबैभन्दा खुसीको क्षण हो । अरुलाई चाँडै विश्वास गर्नु र दुःख पर्दासमेत एक्लै रुने उनको स्वभाव हो । बाबा रामदेवको फ्यान भएकाले उनले सुटिङबाहेकका दिनमा योगा गर्ने गर्छिन् । ब्यूटिपार्लर पनि उनको नियमित सेड्युल हो । उनले महिनामा एक दिन यसका लागि समय छुट्याउने गरेकी छन् ।

Check Also

कलाकारितालाई धर्मसँग नजोड्न आग्रह

नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समय चर्चाको नाम हो– ओशिमा बानु । उनी मुस्लिम समुदायका तर्फबाट …