Home / News / साता सुन्दरी / चर्चामा रिस्ता

चर्चामा रिस्ता

रिस्ता बस्नेत नेपाली चलचित्र क्षेत्रमा चर्चित नायिका हुन् । उनी चलचित्र क्षेत्रमा पारिवारिक सम्पर्कका कारण प्रवेश गरेकी हुन् । इच्छा भएमा चलचित्रमा अंग प्रदर्शन गर्नु सामान्य कुरा भएको रिस्ताले बताउने गरेकी छन् । तर कसैको प्रेसरमा आएर अंग प्रदर्शन गर्नु राम्रो नभएको उनको भनाइ छ । ग्ल्यामर देखिनका लागि गरिने प्रदर्शनलाई अंग प्रदर्शन भने पनि भल्गर नभएको उनको तर्क छ । उनले सेक्स भनेको व्यक्तिगत कुरा भएको बताउँछिन् । दुई जनाको सहमतिमा भए सेक्स नराम्रो कुरा नभएको उनले प्रतिक्रिया दिइन् ।

पछिल्लो समय भने रिस्ताको चर्चा अलि फरक छ । चलचित्र आधा पेजको प्रचारशैलीका कारण उनी चर्चामा आएकी छन् । चलचित्रको प्रोमोसनका लागि फेसबुक लाइक बढाउनेले उनीसँग खाना खाने र घुम्न जाने अवसर पाउने भएका छन् । पेजमा लाइक गर्नेमध्ये देशका विभिन्न ८ शहरबाट २४ जनाले उनीसँगै खाना खान पाउने र घुम्न जाने अवसर पाउने भएका छन् । चलचित्रको प्रचार प्रसारमा उनी निकै लागेकी छन् ।

Check Also

कला बेच्छु, आत्मसम्मान बेच्दिनः सपनासिंह ठकुरी

नायिका सपनासिंह ठकुरी ५ वर्षअघि नेपाली चलचित्र क्षेत्रमा होमिएकी हुन् । नेपालगञ्ज घर भएकी सपना …