Home / News / प्रवास / एन–पिस अवार्ड २०१५ विजेतालाई सिकागोमा सम्मान

एन–पिस अवार्ड २०१५ विजेतालाई सिकागोमा सम्मान

सिकागो । एनआरएन इलिनोइ च्याप्टरले इभान्स्टनमा युएनडीपीद्वारा प्रदान गरिने ‘एन पिस अवार्ड २०१५’ विजेता पूर्वकमलरी कौशिला चौधरी र एकल आमा शर्मिला थापालाई सिकागोमा क्रियाशील सामाजिक संघसंस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सम्मान गरेको छ ।

सिकागोल्याण्ड थारु सोसाइटी, नेपाल अमेरिकन सेन्टर, सिकागोल्याण्ड फ्रेन्डशिप सोसाइटी, थारु एण्ड फ्रेन्ड एसोसिएसनलगायत संस्थाद्वारा आयोजित कार्यक्रममा पूर्व कमलरी चौधरी र एकल आमा थापाले भोगेका संघर्षका कथाबारे प्रकाश पारेका थिए ।

विशेष अतिथि डा. यादव पण्डितले समाजमा भएका कुरीतिविरुद्ध चौधरी र थापाले देखाएको साहसको प्रशंसा गरे । स्थानीय समाजसेवी खेम पाठकले सानोतिनो त्याग र तपस्याले यस्तो सफलता हासिल नहुने बताउँदै सबैले चौधरी र थापाको आन्दोलनलाई मार्गदर्शनका रूपमा लिनुपर्ने बताए । कार्यक्रममा टाफाका उपाध्यक्ष काशीप्रसाद सिंह, सीएनएफएसका उपाध्यक्ष जितेन्द्र राणा, नेपाल अमेरिकन सोसाइटीका उपाध्यक्ष रमाकान्त खरेल, सीटीएसका उपाध्यक्ष इन्दरकान्त चौधरीले शान्ति पुरस्कार विजेता दुवैलाई शुभकामना दिए । अध्यक्ष सुमन वस्तीले कौशिला चौधरी र शर्मिला थापाको योगदानले नेपाली समाजमा व्याप्त परम्परागत विसंगतिलाई निर्मूल गर्न सहयोग पुग्ने औंल्याए ।

एनआरएन इलिनोइ च्याप्टरका सचिव सत्यनारायण चौधरीले सञ्चालन गरेको सो कार्यक्रममा स्थानीय समाजसेवी हेम चौधरीले एनपिस अवार्डबारे प्रकाश पार्दै सहभागीहरुलाई धन्यवाद दिए ।

Check Also

NEW YORK, NY - JULY 06:  Donald Trump attends the 2015 Hank's Yanks Golf Classic at Trump Golf Links Ferry Point on July 6, 2015 in New York City.  (Photo by Andrew H. Walker/Getty Images)

पुनः मतगणना मागविरुद्ध ट्रम्पको ट्विट आक्रोश

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानूनी मत हिलारी क्लिन्टनलाई प्रदान गरिएका कारण पपुलर …