Home / News / साता सुन्दरी / उमेर उकालो लाग्दा ऋचाको स्टामिनामा ब्रेक

उमेर उकालो लाग्दा ऋचाको स्टामिनामा ब्रेक

ऋषि धमलासँगको अन्तरवार्ताका कारण काली–हिस्सी नायिका ऋचा शर्माको चर्चा चुलिएको छ । सन् १९८० मा कैलालीको धनगढीमा जन्मिएकी अविवाहित उनी पाँच फुट पाँच इञ्च अग्ली छन् । धमलाले ऋचाको प्रेम सम्बन्ध र यौनका विषयमा प्रश्न सोधेपछि नेपाली सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत नेपाली सिनेक्षेत्रमा अहिले उनकै बारेमा चर्चा भएको छ । उनले सेक्सलाई नितान्त व्यक्तिगत कुरा भएको प्रतिक्रिया दिएकी छन् । तर, धमलाको भने निकै आलोचना भएको छ । धमलालाई सेन्सविहीन पत्रकारका रुपमा धेरैले सामाजिक सञ्जालमा गाली गरेका छन् । ६ वर्षको प्रेम सम्बन्ध विच्छेद भएपछि उनी अहिले योग्य वरको खोजीमा छन् ।

ऋचाले हरेक वर्ष उमेर बढ्दै जाँदा स्टामिना घट्दै गएको बताएकी छन् । त्यसैले अहिले उनले क्षमतावान् श्रीमान्को खोजी गरिरहेकी छन् । उनले अहिलेसम्म त्यस्तो केटा आफूसँग नआए पनि आमासँग कुरा गर्न प्रस्ताव लिएर जाने धेरै भएको बताउने गरेकी छन् । लामो समय गर्लफ्रेण्ड ब्वाइफ्रेण्डको रुपमा सम्बन्धमा रहे पनि आफूले विवाहपछि हुने काम कहिल्यै नगरेको दाबी उनले गरेकी छन् ।

Check Also

शोभाको सफलता

काठमाडौं गोंगबुकी स्थानीय मोडल शोभा भण्डारी नयाँ चलचित्र ब्वाइफ्रेण्डमार्फत नायिकामा डेब्यु गरेकी छन् । रंगीन …