Home / News / साता सुन्दरी / छवि सुधार्दै सविना

छवि सुधार्दै सविना

नेपाली चलचित्र क्षेत्रमा भल्गर दृश्यका कारण चर्चामा आएकी नायिका सविना कार्कीले आफूलाई सुधार गर्ने प्रतिबद्धता जनाएकी छन् । चलचित्र एटीएममा आफ्नै भूमिकाका विषयमा आत्मालोचना गर्दै उनले नयाँ चलचित्रले त्यसलाई माफी दिनेसमेत बताएकी छन् । उनले पछिल्लो समय लाटी नामक चलचित्रमा अभिनय गरेकी छन् । तर, उनीमाथि पहिलो चलचित्रमा देखिएको भल्गर र उत्तेजक दृश्यको दाग मेटिएको छैन । बाबुआमाले प्रहरीमा वा आर्मीमा जागिर खाओस् भन्ने चाहना राखे पनि सानैदेखि उनको रुची भने चलचित्र क्षेत्रमा थियो । सानैदेखिको चाहनालाई पूरा गर्न उनी चलचित्र क्षेत्रमा आएकी हुन् ।

चलचित्र एटीएममा अभिनयपछि उनको निकै नै आलोचना भयो । त्यही चलचित्रले आफ्नो छविलाई धमिलो पारिदिएको उनले बताउने गरेकी छन् । झण्डै दुई सय म्युजिक भिडियोमा अभिनय गरिसकेकी सविनाले चलचित्र दुलही रानीबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले धेरै सपना देख्ने गरेकी छन् त्यो पनि चुम्बनको । सपनामा आउने युवाहरुसँग चुम्बन गरेको तर सेक्स गरेको भने सपनामा नदेख्ने उनले बताएकी छन् । आफूले आफैंलाई निकै सुन्दर ठान्ने सविनाले आफ्नो ओठले धेरैलाई तान्ने दाबी गर्छिन् । उनी भन्छिन्– ‘मेरो ओठले सेक्स अपिल गर्छ ।’ त्यसो त बिहान उठेदेखि ओठ हेर्ने उनको बानी छ । त्यसैले पनि होला उनले २४ घन्टामा २५ पटक आफ्नो ओंठको हेरचाह गर्ने गरेको बताइन् ।

Check Also

कलाकारितालाई धर्मसँग नजोड्न आग्रह

नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समय चर्चाको नाम हो– ओशिमा बानु । उनी मुस्लिम समुदायका तर्फबाट …