Home / News / समाचार / गृहमन्त्री बस्नेतले किन गरे आत्मआलोचना ?

गृहमन्त्री बस्नेतले किन गरे आत्मआलोचना ?

 

मङ्सिर २८ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गरेका छन् ।

एमाओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितका नाममा असम्बन्धित व्यक्तिलाई चीन पठाएको विषयमा लिखित रुपमा आत्मआलोचना गर्दै र आगामी दिनमा त्यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेको एमाओवादी स्रोतले जानकारी दिएको छ ।

बैठक सुरु हुनेबित्तिकै अध्यक्ष पुष्पकमल दाहालले लिखित रुपमा आत्मआलोचना गर्न वा राजीनामा दिन मन्त्री बस्नेतलाई निर्देशन दिएका थिए ।

गृहमन्त्री बस्नेतले आफ्नो ध्येय र जोड भूकम्प प्रभावित १४ जिल्लाका नागरिक, तल्लास्तरका पार्टी कार्यकर्ता नै चीन भ्रमणमा जाउन भन्ने रहेको उल्लेख गर्दै नहुनुपर्ने गल्ती भइसकेको भन्दै आत्माआलोचना गरेका थिए । भूकम्पपीडितको कोटामा एमाओवादी अध्यक्ष दाहालका नातिनी र गृहमन्त्री बस्नेतका छोरी र भतिजीलगायत नजिकका आफन्त चीन भ्रमणमा पठाइएको थियो । एमाओवादीको स्थायी समितिको बैठकमा समेत सरकारमा सहभागी मन्त्रीको कार्यशैली गलत र अमर्यादित रहेको भन्दै चर्को आलोचना भएको थियो ।
 

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …