Home / News / साता सुन्दरी / नेपाली नर्स संसारभरका मोडलसँग भिड्दै

नेपाली नर्स संसारभरका मोडलसँग भिड्दै

नेपाली नर्स प्रसूना कँडेल बेलायतमा अहिले चर्चामा छन् । रुल दि रनवे यू के मोडलिङमा छानिएपछि उनको चर्चा संसारभरका नेपालीमाझ भएको छ । विभिन्न तीन चरण पार गरेर उनी बर्मिङ्घममा हुने प्रतियोगिताका लागि छानिएकी हुन् । प्रतियोगिता आउँदो फेबु्रअरीमा हुनेछ । प्रतियोगिताका लागि फेसबुक र ट्वीटरमार्फत मोटिङ भैरहेको छ । उनलाई आउँदो जनवरी ४ सम्म भोट गर्न सकिनेछ । कँडेलले आफूलाई भोट गर्न संसारभरका नेपालीलाई आग्रह गरेकी छन् ।

नेप्लिज नर्सिङ एसोसियसन यूकेकी उपाध्यक्षसमेत रहेकी उनले पछिल्लो समय समाजसेवामा आफ्नो कामलाई केन्द्रित गर्न थालेकी छन् । उनी नेतृत्वको टोलीले भूकम्पलगत्तै नेपालका विभिन्न दश जिल्ला पुगेर पीडितलाई स्वास्थ्य सेवा दिएको थियो । उनले धादिङकी एक बालिकाको पढाइ खर्चसमेत बेहोर्ने निर्णय गरेकी छन् । बेलायतका विभिन्न प्रतियोगितामा भाग लिएकी उनीे केही समयअगाडि मात्र बेलायतको एक अनालाइन पोर्टलको छनोटमा टप टेनमा पर्न सफल भएकी थिइन् । त्यसो त उनी अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्ड, फेस अफ प्यूरिटीको फाइनलिष्ट र मिस पब्लिक च्वाइस अवार्डसमेत प्राप्त गर्न सफल भइसकेकी छन् ।

रुल दि रनवे बेलायतले संसारभरबाट छानिएका मोडललाई प्रतियोगितामा सहभागी गराउने छ । प्रतियोगितामा कँडेलसँगै विभिन्न देशका ३० जना सहभागी हुनेछन् । पछिल्लो परिणाम हेर्दा उनी अगाडि छन् । उनलाई भारतीय मोडलले पछ्याएकी छन् । अघिल्लो हप्तादेखि प्रारम्भ भएको फेसबुक तथा ट्वीटरमार्फतको अनलाइन भोटिङमा कँडेलले करिब २७ हजार भोट पाएकी छन् । उनको प्रतिद्वन्द्वीका रुपमा एक भारतीय मोडलले २१ हजार भोट पाएको अनुमान गरिएको छ । धेरै भोट पाएमा विजेता घोषणा गरिने छ । यो प्रतियोगितामा पुग्ने प्रसुना पहिलो नेपाली मोडल हुन् । सन् २००७ देखि यो क्षेत्रमा क्रियाशील भएको कँडेलले बताइन् । त्यसो त उनले विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । उनलाई भोटिङ गर्नका लागि बेलायतमा बस्ने नेपालीले अभियान नै चलाएका छन् ।

Check Also

शोभाको सफलता

काठमाडौं गोंगबुकी स्थानीय मोडल शोभा भण्डारी नयाँ चलचित्र ब्वाइफ्रेण्डमार्फत नायिकामा डेब्यु गरेकी छन् । रंगीन …