Home / News / प्रवास / तेस्रो झंकार साँझ सम्पन्न

तेस्रो झंकार साँझ सम्पन्न

० प्रशान एलुङ् राई

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा लामो समयदेखि नृत्य प्रशिक्षण गराउँदै आएको झंकार डान्स सेन्टरले तेस्रो झंकार साँझ भव्य रुपमा सम्पन्न गरेको छ । न्यूयोर्क, कुइन्सस्थित कुइन्स प्यालेसमा आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी कलाकारले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका प्रमुख नारायणप्रसाद मैनालीले पानसमा द्वीप प्रज्ज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । मैनालीले मौलिक नेपाली कला र संस्कृतिलाई नृत्यमार्पmत प्रवासी नेपालीलाई बाँड्न उल्लेखनीय योगदान पु¥याएको भन्दै डान्स सेन्टरका प्रशिक्षक धरमवीर लामाको प्रशंसा गरे । नेपाली कला र संस्कृतिलाई विश्वव्यापी बनाउन लामाजस्तै थोरैको योगदानको प्रशंसा सबैले गर्नुपर्ने बताउँदै महावाणिज्य दूत मैनालीले भने– ‘देश बाहिर पनि नेपाली मौलिक कला र संस्कृति देशकै चिनारी हुन् ।’

चर्चित एवं लोकप्रिय गायक जगदिश समाल र राजेश थापाको आवाजमा ‘जहाँ सुनका बाला झुल्छन्…’ बोलका गीत गाउँदै सामूहिक नृत्यबाट आरम्भ भएको झंकार साँझ–३ साढे दुई घण्टासम्म चलेको थियो । झंकार डान्स सेन्टरका सञ्चालक एवं नृत्य निर्देशक लामाको सुन्दर कोरियोग्राफीमा झण्डै एक दर्जन गीतमा दुई दर्जनभन्दा बढी कलाकारले नृत्य प्रस्तुत गरेका थिए । सेलो, टप्पा, आधुनिक, मारुनी, भ्mयाउरे गीतमा रबिना लामा, माया पुन, सुप्रिया लामा, छिरिङ शेर्पा, डोल्मा लामा, छोतेन ह्योल्मो, सांगे डोल्मा लामा, दीपशिला गुरुङ, फुर्वा शेर्पा, छिरिङ ह्योल्मो, सोनिया शेर्पा, लमु शेर्पा, एलेन शेर्पा, सुप्रिम गुरुङ, तारा गुरुङ, नीमा गुरुङ, सुखीराम गोले, जुबी गौचन, टिसा ढकाल र आइत गुरुङलगायत कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नृत्य निर्देशक लामाले जादुसँगै दुई गीतमा नृत्य प्रस्तुत गरेका थिए । यससँगै हाँस्य कलाकार खील लामाले विभिन्न समसामयिक विषयमा चोटिलो व्यङ्ग्य प्रहसन प्रस्तुत गरेका थिए ।

तेम्बा दोङ्बा ह्योल्मोको संयोजकत्वमा सम्पन्न औपचारिक कार्यक्रम डान्स सेन्टरका सञ्चालक एवं नृत्य निर्देशक धरमवीर लामाको सभापतित्वमा सम्पन्न भएको थियो । झंकार डान्स सेन्टरले यसअघि पनि विभिन्न समयमा झंकार साँझको सफल आयोजना गरिसकेको छ । कार्यक्रममा लामाले शुरुवाती समयदेखि विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।
तस्वीरः प्रेस चौतारी डटकम

Check Also

NEW YORK, NY - JULY 06:  Donald Trump attends the 2015 Hank's Yanks Golf Classic at Trump Golf Links Ferry Point on July 6, 2015 in New York City.  (Photo by Andrew H. Walker/Getty Images)

पुनः मतगणना मागविरुद्ध ट्रम्पको ट्विट आक्रोश

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानूनी मत हिलारी क्लिन्टनलाई प्रदान गरिएका कारण पपुलर …