Home / News / अमेरिकामा वकिलसँग परामर्श / अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

कानून स्तम्भमार्फत महत्वपूर्ण कानूनी सल्लाह–सुझाव उपलब्ध गराइदिनुभएकोमा विश्वसन्देश साप्ताहिकलाई धेरैधेरै धन्यवाद। मैले लगभग ७ महिनाअगाडि मेरो युएससीआईएस एसाइली स्टाटस एक वर्षभन्दा बढी भएको आधारमा आई–४८५ निवेदन पेश गरेको थिएँ र आई–४८५ निवेदनपश्चात् बायामेट्रिक टेस्ट दिएको पनि साढे ६ महिना भइसक्यो। सोपश्चात् हालसम्म कुनै अपडेट आएको छैन। युएससीआईएसको अनलाइन केस स्टाटसमा चेक गर्दा पहिलो इनिसियल स्टेजमा भएको देखाउँछ। के कारणले ढिलो भएको हो र निवेदनलाई छिटो प्रोसेस गर्ने केही उपाय होला कि? सुझावका लागि धन्यवाद।

– कोसिस, न्यूयोर्क

असाइलम निवेदन स्वीकृत भएपछि सो दिनदेखि १ वर्षपछि आई–४८५ निवेदन युएससीआईएसमा पेश गर्न पाउने व्यवस्था छ । साधारणतया त्यस्तो निवेदन पेश भएपछि र बायामेट्रिक्स वा फिंगर प्रिन्ट्स पूरा भएपछि ३ महिनादेखि ६ महिनासम्ममा असाइलम ग्रान्टको आधारमा फायल भएका आई–४८५ निवेदन स्वीकृत हुने देखिएको छ । तर कुनैकुनै केसमा सो रेलुगर केसहरुमा लाग्ने समयभन्दा बढी पनि लाग्ने देखिएको छ । कुनैकुनै केसहरुमा लोकल फिल्ड अफिसर, युएससीआईएसमा पनि लाइभ अन्तरवार्ताका लागि पनि पठाउने गरेको छ । अन्तरवार्ताका लागि चुनिने कारणहरु यदि निवेदकको कुनै क्रिमिनल रेकर्ड वा उसको असाइलम निवेदनमा नै कुनै फरकहरु देखा परेको खण्डमा लाइभ अन्तरवार्ताका लागि सो आई–४८५ निवेदनहरु सेलेक्सनमा पर्न सक्नेछ ।

तर, तपाईंको केसमा ७ महिना पेन्डिङ भएको त्यति अनयुजुअल चैं होइन । तर, अलिक समय चैं लागेको हो । यदि तपाईंको केसमा माथि भनिएका कुराहरु नभएको भए सर्भिस सेन्टरको साधारण ब्याकलगमा परेको हुन सक्छ । यो अवस्थामा तपाईंले युएससीआईएसलाई फोन गरी सोधपुछ पनि गर्न सक्नुहुनेछ । यदि युएससीआईएस कस्टोमर सर्भिसबाट पनि सहयोग पाउन सकिएन भने इन्फो पासबाट अप्वाइन्टमेन्ट बनाई नजिकको युएससीआईएस फिल्ड अफिसमा गएर इन्क्वायरी गर्न सक्नुहुनेछ ।

Check Also

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

म ग्रीनकार्ड होल्डर हुँ। म भर्खरै नेपाल गएर विवाह गरेर आएँ। मेरी श्रीमती पनि यो …