Home / News / समाचार / मिटरब्याजको धन्दामा हिरोइन, को–को छन् (सूचीसहित)

मिटरब्याजको धन्दामा हिरोइन, को–को छन् (सूचीसहित)

 
माघ १२ । मिटर ब्याजको धन्दाबाट रातारात करोडपति बन्न खोज्दा गायिका रेखा शाह श्रीमानसहित दुई साता प्रहरी हिरासतमा बस्नुपर्‍यो । क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले उनले ब्याज लगाएर पैसा असुल्दै आएकी थिइन् । यसैबीच काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको आरोपमा उनी पक्राउ परिन् ।
नेपाली कला क्षेत्रमा रेखाजस्तै अरु धेरै कलाकारहरु मिटर ब्याजको धन्दामा संलग्न छन् । कोहीले त्यही धन्दाबाट करोडौं कमाएका छन् भने केही टाट पल्टिएका छन् ।
नायिका दीपाश्री निरौलादेखि रेखा थापासम्मले मिटर ब्याजमा पैसा लगानी गरेका छन् । उनीहरुले पहिला बानेश्वरमा रोजमारी रेष्टुरेन्ट चलाउने फिल्म निर्माता धुव्र न्यौपानेलाई पैसा लगानी गरेका थिए । न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा उठाउन निकै सास्ती भएको थियो । हेटौंडाको जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा असुलेका थिए । निर्देशक उज्जल घिमिरेको पैसा त अझै उठेको छैन । न्यौपाने पनि यतिबेला उपत्यकाबाट बिस्थापित भइसकेका छन् ।
फिल्म क्षेत्रमा निर्माता राजकुमार राई ‘मिटर ब्याजका किङ’भनेर चिनिन्छन् । चर्को ब्याजदरमा पैसा लगाउने र पैसा नतिरे घर र गाडी कब्जा गरी उनले करोडौं कमाइसकेका छन् । त्यसरी कमाएको पैसा उनले कांग्रेसी नेताहरुलाई खर्च गरेरै उनी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको कलाकारहरु बताउँछन् । कालो धन्दालाई पर्दा हाल्न पनि उनी अध्यक्ष बनेका हुन् ।
पैसा उठाउने क्रममा उनी बेला बेलामा विवादमा समेत पर्ने गरेका छन् । गत वर्ष प्रभुशमशेर राणासँग विवाद हुँदाको घटना प्रहरी कार्यालयमा पुगेको थियो । अपराध महाशाखाका तत्कालिन एसएसपी पुष्कर कार्कीले राईलाई झिकाएर छलफल गराएका थिए । चार वर्षअघि मोटरसाइकल चढ्ने राई मिटर ब्याजकै पैसाले एक करोडको गाडी चढ्दै आएका छन् । गुण्डा नाइके दीपक मनाङेसँग मिलेर उनले मिटर ब्याजको धन्दा गर्दै आएका छन् । मनांगेकै लगानीमा उनले वान वे नामक फिल्म समेत बनाएको स्रोत बताउँछ । अहिले पनि उनको घरमा तमसुक गरेका दजनौं कागजहरु रहेको उनका निकटस्थहरु बताउँछन् । निर्माता संघको अध्यक्ष भएपछि उनले संघलाई मिटर ब्याज लगाउने अखडा बनाएका थिए । निर्माताहरु सुनिल रावल, रिमेश अधिकारीलगायतका निर्मातालाई राईले नै मिटर ब्याजमा पैसा लगानी गरेका थिए ।
त्यस्तै द्वन्द्व कलाकार अनुराग कुँवर पनि मिटर ब्याजको धन्दामा चर्चित छन् । उनले यही धन्दाबाट करोडौं कमाइसकेका छन् ।
मिटर ब्याजकै पैसा चलाउदा निर्माता केबी क्षेत्री फिल्म क्षेत्रबाट पलायन भइसकेका छन् । गायकद्वय रामकृष्ण ढकाल र यम बराल पनि चर्कौ ब्याजदरमा पैसा लिएर चलाउने गरेकै कारण संकटमा परीसकेका छन् । दुवैको घर लिलामिमा परिसकेको छ । धेरै खर्च गर्ने श्रीमतीका कारण उनीहरु आर्थिक संकटमा परेका उनी निकट स्रोत बताउँछ ।
निर्माता तथा अभिनेत्री प्रज्ञा जोशी मिटर ब्याजमा पैसा खेलाउने कलाकार हुन् । तर यसरी उनले कमाउनुभन्दा धेरै रकम गुमाएपछि उनको पनि आर्थिक अवस्था डामाडोल छ । बैंकिङ कानुनअनुसार चर्को ब्याजदरमा पैसा लगाउनु अपराध हो । अरु कारोबार गरेको तमसुक बनाएर यस्तो वर्षमै दोब्बर असुल्ने प्रवृत्तीले कलाकारीता क्षेत्रलाई पनि गाँसेको छ । जसबाट कोही रातारात करोडपति भएका छन् भने कोही जेलजीवन बिताउन बाध्य छन् । दृष्टिबाट

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …