Home / News / अमेरिकामा वकिलसँग परामर्श / अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

म युएस सिटिजन हुँ र मैले मेरो श्रीमान्को लागि भिसा पेटिसन फायल गरी मेरो श्रीमान्ले युएस एम्बेसी काठमाडौंमा पनि अन्तरवार्ता दिनुभयो। अन्तरवार्तापछि एम्बेसीले एडमिनिष्ट्रेटिभ प्रोसेसिङ भनेर ८ महिनासम्म केस होल्ड गरेर राख्यो। केही दिनअघि युएस एम्बेसीले मेरो श्रीमान्लाई बोलाएर पासपोर्ट र ओरिजिनल डकुमेन्ट्सहरु फिर्ता दिएर पठाएछ। मैले एम्बेसीमा इन्क्वायरी गर्दा मेरो पेटिसन युएसएमा रिभोकेसनको रिकमेन्डेसनसहित युएससीआईएसमा पठाएको कुरा बतायो। म र मेरो श्रीमान् दुवै अचम्ममा परेका छौं। के भएको होला? र, अब के उपाय गर्न सकिन्छ होला? केही अन्य उपाय भए बताइदिनुहुन अनुरोध गर्दछु।

– निर्मला, ब्रुकलिन

तपाईंको इमेडियट रिलेटिभ (आईआर) पेटिसन यहाँ युएससीआईएसमा एप्रुभ भए पनि त्यसको आधारमा तपाईंको श्रीमान्ले फायल गरेको भिसा निवेदनलाई युएस कन्सुलरले एप्रुभ गर्नुपर्ने हुन्छ । युएस एम्बेसीमा अन्तरवार्ताको स्टेजमा पुगेपछि युएस कन्सुलेट अफिसले मुख्य रुपमा तपाईंको विवाह जेन्यून हो कि होइन भन्ने तथ्यलाई पुनः परीक्षण गर्ने हुन्छ । यो कार्य मुख्यतया युएस एम्बेसीको फ्रड डिटेक्सन युनिटले गर्ने हुन्छ । यस प्रक्रियामा जाँदा भिसा एप्लिकेसन्स (डिएस–२३०३–डिएस–२६०)लाई एड्मिनिस्ट्रेटिभ प्रोसेसिङमा राखिने गरिन्छ । इन्भेष्टिगेसनको सिलसिलामा तपाईंको श्रीमान्ले अन्तरवार्ताको समयमा टेष्टिमोनिज र अन्य फिल्ड इन्भेष्टिगेसनबाट प्राप्त भएको इन्फर्मेसनलाई तुलना र विश्लेषण गरिन्छ । यदि प्राप्त भएको इन्फर्मेसन कन्फ्लिक्ङि वा इनकन्सिसटेन्ट देखिन आएमा पेटिसनर र बेनिफिसियरीको रिलेसनसिप जेन्यून नभएको प्रष्ट हुन आउँछ । यस्तो अवस्थामा युएस कन्सुलेट अफिसले भिसा एप्लिकेन्ट (बेनिफिसियरी) उक्त भिसा जारीका लागि अयोग्य भएको ठहर गर्नेछ । भिसाका लागि अयोग्य भएको निर्णयपछि युएस कन्सुलेट अफिसले उक्त आई–१३० भिसा पेटिसन, रिभोकेसनको रिकमेन्डेसनका कारणहरुसहित युएससीआईएस अफिस अमेरिकामा पठाउनेछ । तपाईंको केसमा पनि कन्सुलेट अफिसले त्यस्ता आधारहरु प्राप्त गरेको हुन सक्छ, जसको कारणले नकारात्मक निर्णय लिन पुगेको छ ।

तपाईंको पेटिसन प्याकेट युएससीआईएसले पाएपछि तपाईंलाई पत्रद्वारा ‘इन्टेन्ट टु रिभोक’ भन्ने पत्र आउनेछ । तपाईंले सो पत्र जारी भएको दिनदेखि ३० दिनभित्रमा त्यसको रिबुटलले युएस कन्सुलेटले उठाएको प्रश्नहरुलाई ओभरकम गर्न सकेमा युएससीआईएसले सो पेटिसनलाई रिअफर्म गर्नेछ र युएस कन्सुलेटमा फिर्ता पठाइदिनेछ । र, युएस कन्सुलेटले भिसा जारी गर्न सक्नेछ । युएससीआईएसले तपाईंको जबाफ पाएर पनि सो पेटिसन रिभोक गर्ने निर्णय ग¥यो भने भिसा पेटिसन रिभोक हुनेछ ।

Check Also

वकिलसँग कानुनका कुरा

मेरो असाइलमको निवेदन गएको महिनामा इमिग्रेसन जजले एप्रुभ गरिदियो। मेरा केही आफन्तहरु लण्डन, युकेमा छन्। …