Home / News / साता सुन्दरी / सुपरहिट चलाउन ‘अमेरिका अफर’

सुपरहिट चलाउन ‘अमेरिका अफर’

नेपाली चलचित्र क्षेत्रमा उचाइ प्राप्त गर्न नायिका बिनिता बरालले नयाँ काइदा अपनाएकी छन् । उनले अभिनय गरेको चलचित्र सुपरहिटको प्रचारका लागि नयाँ अभियान थालेकी छन् । उनले दर्शकलाई अमेरिका लैजाने नयाँ अफर ल्याएकी छन् । तर, सबै दर्शक भने होइन एक जना दर्शक बिनितासँग अमेरिका जाने र अमेरिकामै सुपरहिट हेर्ने मौका पाउने भएका छन् । त्यसका लागि दर्शकले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नुपर्ने भएको छ ।

अमेरिकामा रहेकी बरालले अहिले यही चलचित्रको प्रचारप्रसार गरिरहेकी छन् । चलचित्र चपली हाइटमा सफलता पाएकी उनी अहिलेको चलचित्रमा जसरी भए पनि सफलता हात पार्ने दाउमा छिन् । चपली हाइटपछिका चलचित्र असफल भएकाले उनले अहिलेको चलचित्रलाई गर या मरको रुपमा लिएकी छन् । उनले चपली हाइटलाई अश्लीलताको रुपमा व्याख्या गरेको प्रति भने अझै पनि चिन्ता र चासो छ । ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी बिनिताले नेपाली सञ्चारमाध्यमका लागि न्यूज मेकर बन्ने गरेकी छन् ।

Check Also

shilpa pokhreelll

शिल्पा पोखरेल भन्छिन्– आलोचना पचाउन सक्छु

नायिका शिल्पा पोख्रेलले अभिनय गरेको चलचित्र वृन्दावन भदौमा रिलिज हुने भएको छ । वृन्दावनमा उनी …