Home / News / खेलकुद / ८ विकेटको शानदार जित हात पार्दै नेपाल दोस्रो चरण नजिक

८ विकेटको शानदार जित हात पार्दै नेपाल दोस्रो चरण नजिक

माघ १६ । यू–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पार्दै दोस्रो चरण नजिक पुगेको छ । आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पार्दै नेपाल दोस्रो चरण नजिक पुगेको हो । आयरल्याण्डले नेपालसामू १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले आयरल्याण्डले नेपालसामू १३२ रनको लक्ष्य २६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
भारतले न्यूजिल्याण्डलाई हराएको अवस्थामा नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्ने छ । ४ अंकसहित समूहको शीर्ष स्थानमा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नु पर्ने हुन्छ । ।

Check Also

sport

गम्भीर अपराधमा ‘खेलकर्मी’

कात्तिक २१ । ०७० वैशाख ३० मा रविराज सिंह रंगशालामा पक्राउ पर्दा उनको पदीय हैसियत …