Home / News / अमेरिकामा वकिलसँग परामर्श / अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मैले ३ वर्षअघि एउटा पसल किनेको थिएँ। ल्याण्डलर्डबाट १० वर्षको लिज लिएको छु। अब ७ वर्षको लिज बाँकी छ। पसल विक्री गर्ने निर्णयमा पुगेको छु। एउटा खरिदकर्ता पनि फेला परेको छ। अब मैले सोही लिजको आधारमा मेरो पसल सो खरिद गर्नेलाई बेच्न मिल्छ कि मिल्दैन? मेरो घर साहुले अर्को नयाँ लिज नयाँ भाडावालको नाममा बनाउने स्थितिमा छैन। अब कसरी यो पसल मैले अहिले मेरो भएको लिजलाई नै कायम हुने गरी पसल बेच्न सकिन्छ होला? उत्तरका लागि धेरै आभारी हुनेछु।

– दिल गुरुङ, न्यूयोर्क

तपाईंको १० वर्षको लिज अब ७ वर्षका लागि भ्यालिड छ । यो अवस्थामा यदि तपाईं पसल विmी गर्ने अवस्थामा हुनुहुन्छ भने सबभन्दा पहिला तपाईंको ल्याण्डलर्डसँग यस विषयमा कुरा गर्नु जरुरी हुनेछ । कारण लिजविना अर्काको घर तथा प्रोपर्टीमा पसल वा स्टोर राख्न वा चलाउन सकिने छैन । यदि खरिदकर्ता तपाईंको स्टोर किन्न तयार छ भने सो कुरा ल्याण्डलर्डलाई सूचना गर्नुपर्ने हुन्छ । ल्याण्डलर्डको स्वीकृतिविना तपाईंले सो लिजलाई खरिदकर्तामा असाइन गर्न मिल्दैन । स्टोर विक्रीको अवस्थामा सो स्टोरको लिजसम्बन्धी व्यवस्था २ किसिमले गर्न सकिन्छ– १. पुरानो एक्जिस्टिङ लिजलाई नयाँ खरिदकर्ताको नाममा असाइनमेन्ट अफ लिज गर्ने अर्थात् तपाईंको लिजमा रहेको अधिकार र कर्तव्यलाई नयाँ खरिदकर्ता वा टेनान्टमा ट्रान्सफर गर्ने, २) पुरानो वा एक्जिस्टिङ लिजलाई टर्मिनेट गरी नयाँ लिज, सो खरिदकर्ताको नाममा बनाउने । यो दुई वटा अप्सनहरुका बारेमा तपाईंले पसलको विक्रीको डिल गर्नुअगावै ल्याण्डलर्डसँग कुराकानी गरेको हुनुपर्नेछ । ल्याण्डलर्डले यी दुई माथिको अप्सनहरुमा एकलाई पिक गर्न सक्नेछ । यदि असाइनमेन्टको अप्सनलाई उसले मानेको खण्डमा तपाईंले असाइनमेन्ट अफ लिजका लागि ल्याण्डलर्डबाट एक्सप्रेस रिटेन कन्सेन्ट लिन जरुरी छ । तर, ल्याण्डलर्डले कन्सेन्ट दिने प्रोसेसमा तपाईंको खरिदकर्ता वा नयाँ टेनान्टको ब्याकग्राउण्ड र क्रेडिट हिस्टोरी सबै चेक गर्नेछ र यदि उसलाई चित्त बुझेमा कन्सेन्ट दिनेछ । यदि ल्याण्डलर्डले लिज असाइनमेन्टका लागि कन्सेन्ट वा स्वीकृति नदिएमा तपाईंले स्टोर विक्री गर्ने अवस्था नहुने हुन्छ । कारण लिजविनाको स्टोर कुनै पनि खरिदकर्ताले किन्ने छैन र अर्को यदि तपाईंले ल्याण्डलर्डको कन्सेन्ट बेगर स्टोर बेच्नु भइहाल्नुभयो भने पनि त्यसले तपाईंको लिजको टम्र्स अफ कन्डिसन्सको भ्यालुएसन हुन सक्नेछ । त्यस अवस्थामा अटोमेटिकल्ली तपाईंको लिज भ्याइड हुन जानेछ । फलस्वरुप तपाईंको ल्याण्डलर्डले इभिक्सन प्रोसिडिङ तपाईंको विरुद्धमा कोर्टमा फायल गर्न सक्नेछ ।

अर्को परिस्थितिमा यदि ल्याण्डलर्डले कन्सेन्ट दिएको खण्डमा आफ्नो लिजलाई नयाँ खरिदकर्ताको नाममा लिज असाइनमेन्ट गरी स्टोर विक्री गर्न सक्नुहुनेछ । तर, स्टोर विक्री गरे पनि नयाँ टेनान्टले रेन्ट नतिरेको खण्डमा ओरिजिनल लिजका आधारमा रेन्ट नन–पेयमेन्टका लागि तपाईं उत्तरदायी हुनुहुनेछ । अर्थात् नयाँ टेनान्टले रेन्ट नतिरेमा ल्याण्डलर्डले तपाईंबो सो अनपेड रेन्ट असुलउपर गर्न सक्नेछ ।

यी माथिको कुराहरुलाई ध्यानमा राखी ल्याण्डलर्डबाट कन्सेन्ट लिएर मात्र विक्रीको डिल फाइनालाइज गर्नुहोला । असाइनमेन्ट अफ लिजको कुरालाई अघि बढाउनका लागि तपाईंको लिजको टम्र्स एण्ड कन्डिसन्सहरुलाई पनि राम्रोसँग हेर्न जरुरी छ ।

Check Also

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

म सी–१ भिसामा अमेरिका आएको छु। म शीपमा काम गर्ने हैसियतले अमेरिकामा पस्ने मौका पाएको …