Home / News / प्रवास / नयाँ वर्षमा एएनएसको शुभकामना आदानप्रदान

नयाँ वर्षमा एएनएसको शुभकामना आदानप्रदान

डिसी । गैर मुनाफामूलक संस्था अमेरिका नेपाल सोसाइटी (एएनएस)ले नयाँ वर्ष २०१६ को अवसर पारेर डिसी, मेरिल्याण्डस्थित गेथर्सवर्गमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले अमेरिका नेपाल सोसाइटी नेपाललाई माया गर्ने अमेरिकी तथा नेपालबाट अमेरिका आएर यहाँ बसोबास गर्ने नेपालीहरूको सेतुको रूपमा रहेको अवगत गराए ।

सगरमाथा टेलिभिजन युएसएका संस्थापक रामचन्द्र खरेल एएनएसले २० वर्षदेखि कुनै पनि काम नरोकेको बताए भने नेपाली पाठशालाकी अध्यक्ष बिना खड्काले संस्थाको प्रगतिको कामना गरिन् । शुभकामना आदान–प्रदानका क्रममा मन्तव्य एनआरएन अमेरिकाका निर्देशक सुशील रेग्मीले संस्थाको प्रगतिको कामना गर्दै एनआरएनले गरेको प्रगतिबारे जानकारी गराएका थिए । त्यसैगरी, नेपाल स्पोर्ट्स एण्ड कल्चर अन्तर्राष्ट्रि«यकी सभापति सीता पाण्डेले एएनएस संस्थाले सबैलाई समेटेको औंल्याइन् भने हिमालयन बाप्टिस्ट चर्च गेथार्सवर्गका प्रकाश गुरुङले शुभकामना दिंदै एएनएससँग मिलेर काम गर्ने चाहना भएको बताए ।

कार्यक्रममा नेवाः अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष रामलाल श्रेष्ठ, एनइसीसीका अध्यक्ष खिलेन्द्र न्यौपाने, एएनएसका पूर्वअध्यक्ष प्रेम संग्रौला, एनपीपीएका अध्यक्ष सरोज प्रजापति तथा ह्यारी भण्डारीले संस्थाको प्रगतिको शुभकामना दिएका थिए । त्यसैगरी, अमेरिकन जिम फिल्ड्सले नेपालीमा भाषण गर्दै आफू र धर्मपत्नी सन् १९६५ मा नेपाल गएको स्मरण गर्दै एक वर्षपछि अमेरिका फर्केको सुनाए । साथै, ५० वर्षपछि पुनः नेपाल गएको उनले बताएका थिए । अमेरिका सहयोगी समाजको तर्फबाट केदार तिमिल्सिनाले शुभकामना दिएका थिए ।

जीवन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुवात संस्थाका सञ्चार संयोजक सुजित अर्यालले गरेका थिए । स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष यशोधा भण्डारीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन प्रेम पौडेलले गरेका थिए ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …