Home / News / प्रवास / नेपाली इसाईहरूले न्यूयोर्कमा मनाए क्रिसमस

नेपाली इसाईहरूले न्यूयोर्कमा मनाए क्रिसमस

न्यूयोर्क । इसाई धर्मावलम्बीहरुको महान वर्ष क्रिसमसको अवसरमा नेपाली इसाई धर्मावलम्बीहरुले पनि न्यूयोर्कमा विशेष कार्यक्रम गर्दै क्रिसमस मनाएका छन् । गत डिसेम्बर २५ का दिन लङआइल्याण्ड सिटीस्थित न्यूयोर्क प्रेसबेटेरियन चर्चमा नेपाली इसाई संगतिद्वारा आयोजित क्रिसमस कार्यक्रममा सयौं नेपाली इसाई धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो । न्यूयोर्क प्रेसबेटेरियन चर्चका विदेशी इसाई धर्मावलम्बीहरुसमेत सहभागी नेपाली संंगतिद्वारा आयोजित कार्यक्रमको शुभारम्भ यशुको प्रार्थना गर्दै सञ्चालक डिकन जयराज खड्काले गरेका थिए । कार्यक्रममा प्रेसबेटेरियन चर्च तथा नेपाली इसाई संगतिको संयुक्त प्रस्तुति ‘अहो कति रमाइलो…’लगायत आधा दर्जन गीत प्रस्तुत गरिएको थियो ।

अपराह्न ३ बजेदेखि शुरु गरिएको क्रिसमस समारोहमा एन्जेलिना लेप्चाले बाइबलको मत्ती अध्यायको वाचन पाठ गरेकी थिइन् भने वाचनको प्रार्थना डिकन मनोजकुमार मास्केले गरेका थिए । कार्यक्रममा पास्चर राजन शाहीले प्रवचन दिएका थिए भने न्यूयोर्क प्रेसबेटेरियन चर्चका नेपाली पास्चर डानियल बस्नेतले नेपाली संगतिद्वारा आयोजित क्रिसमस कार्यक्रमले जन्मभूमि नेपालमा सुख, शान्ति ल्याओस् भन्दै कामना गरेका थिए ।

कार्यक्रमको सफल संयोजन चर्चका डिकन मनोजकुमार मास्के, मोहनकुमार श्रेष्ठ, चन्दिप नापित, सुमन लिगल, सुनिता तामाङ, अनिता नापित, जयबहादुर गुरुङ, पुष्पा कुमारी, अमृत गुरुङ, दिनेश अधिकारी, दिनेश खड्का, दीपक खड्काले गरेका थिए । कार्यक्रम प्रत्येक वर्ष डिसेम्बर २५ क्रिसमसको अवसर पारेर भव्यरुपमा मनाउने गरिएको मोहनकुमार श्रेष्ठले बताए ।

नेपालमा विभिन्न दैवीप्रकोपलगायतका विषयमा सहयोग पु¥याउँदै आएको नेपाली संगतिले गत हप्ता फोक्सो प्रत्यारोपणको प्रतीक्षामा रहेकी नेपाली चेलीको सहयोगका लागि विश्वसन्देशको अभियानअन्तर्गत १ हजार डलर सहयोगसमेत गरेको छ ।

Check Also

जनसम्पर्क समिति अमेरिकाको साधारणसभा सम्पन्न

वासिङ्टन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा विधान …