Home / News / प्रवास / एनआरएन मिचिगन च्याप्टरको निशुल्क स्वास्थ्य शिविर

एनआरएन मिचिगन च्याप्टरको निशुल्क स्वास्थ्य शिविर

मिचिगन । गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन च्याप्टरले जनवरी ९, शनिबार निशुल्क स्वास्थ शिविर सम्पन्न गरेको छ । स्थानीय ज्योति एभरेष्ट तेक्वान्दो संघको हलमा सम्पन्न कार्यक्रममा डा. राजेश पोखरेलको संयोजनमा डा. हेम रेग्मी, डा. सरोज न्यौपाने, डा. सिद्धार्थ यादव, डा. धीरज यादव, डा. प्रदिप खनाल, डा. दिलिप खनाल, डा. सृष्टि न्यौपाने, डा. सदीक्षा लोहनी, डा. रोशन आचार्य तथा डा. सन्दिप कुँवरको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

बिहान ९ बजेदेखि दिउँसो १:३० बजेसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा ६२ जनाले निशुल्क परामर्श तथा स्वास्थ्य जाँच गरेका थिए । कार्यक्रम सफल पार्न सहयोग पुयाउने संघसंस्था तथा महानुभावलाई गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन च्याप्टरले आभार प्रकट गरेको छ ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …