Home / News / प्रवास / ३२ वर्षीय मोहम्मदको सउदी अरबमा हत्या

३२ वर्षीय मोहम्मदको सउदी अरबमा हत्या

माघ ३ । सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा कार्यरत ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको हत्या भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदी अरब पुगेका थिए । पकडी, ९ बरही घर भएका उनलाई बङ्गलादेशी कामदारको पाँच जनाको समूहले हत्या भएको बताइको छ ।

उनका परिवारका सदस्यले मृतकको शव स्वदेशमा ल्याउन र दोषीउपर कडा सजाय दिलाउन सरकारीस्तरबाट पहलका लागि आग्रह गरेका छन् । साउदीस्थित अलियमाम कम्पनीमा कार्यरत मुसलमानलाई हत्या गरेका पाँच जना बङ्गलादेशीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरतले बताएका छन् । मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ ।

मृतक मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ । शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाई कडाभन्दा कडा सजाय दिलाउनुपर्ने मृतकका घरपरिवारले माग गरेका छन् ।
 

Check Also

गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजीः मन्त्री महत

चैत ६ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो …