Home / News / खेलकुद / भारतसँग नेपाल ७ विकेटले पराजित

भारतसँग नेपाल ७ विकेटले पराजित

माघ १८ । भारतसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको नेपाल बंगलादेशमा जारी आइसीसी यु,१९ क्रिकेट विश्वकपमा समूह चरणको अन्तिम खेलमा ७ विकेटले पराजित भएको छ । भारतसामु नेपालले १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका लगि प्रेम तामाङले २ र सन्दिप लामिछानेले एक विकेट लिएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । नेपालका लागि सन्दीप सुनारले सर्वाधिक ३७ रन बनाएका थिए । राजवीर सिंहले ३५, प्रेम तामाङले २९ र अरिफ शैखले २६ रन बनाए ।
खेलमा योगेन्द्र सिंह कार्की ७ रन, राजु रिजाल रिजाल ६ रन, दिपेन्द्र सिंह ऐरी १ रन, कुशल भुर्तेल ६ रन र सुशील कँडेल ३ रन बनाए । भारतका लागि अभेष खानले तीन विकेट लिए ।

Check Also

bharat

नेपाललाई फेरि अर्को सफलता, जापानमाथि सानदार जित

मंसिर ४ । नेपालले फुटवलमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ । शनिबार फ्रेन्ड्स …