Home / News / समाचार / मधेस आन्दोलन अराजक बन्दै गएको काँग्रेसको आरोप

मधेस आन्दोलन अराजक बन्दै गएको काँग्रेसको आरोप

माघ १९। नेपाली काँग्रेस धनुषाले आफ्ना सांसदको घरलाई लक्षित गरेर भइरहेको विरोध र तोडफोडको निन्दा गरेको छ ।

मधेसी मोर्चाको यस्ता क्रियाकलाप अतिवादी सोच मात्रै भएको धनुषा काँग्रेसको भनाइ छ ।

नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवले मधेसी मोर्चाको आन्दोलन विस्तारै कमजोर बन्दै गएकाले आन्दोलनकारीले अहिले काँग्रेसलाई लक्षित गरेर विरोध प्रदर्शनमा लागेको आरोप लगाए ।

नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चाले नेपाली काँग्रेसका अधिवेशनलाई नै बिथोल्नु अतिवादी सोचको उपज भएको बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका स्थानीय कार्यकर्ताले काँग्रेसले हरेक तहका अधिवेशन बिथोल्ने घोषणा गरेर गत दुई दिनदेखि काँग्रेसका सांसदका घर अगाडि तोडफोड र हिंसात्मक गतिविधि बढाएपछि धनुषा काँग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।

काँग्रेसले अधिवेशनलाई जसरी पनि सम्पन्न गर्ने जनाएको छ । पार्टीको इतिहासलाई जीवन्तता दिन अधिवेशन महत्वपूर्ण भएको भन्दै यसका लागि आफूहरुपछि नपर्ने सभापति यादवले बताए ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …