Home / News / प्रवास / कोलोराडोमा साहित्यिक गोष्ठी

कोलोराडोमा साहित्यिक गोष्ठी

कोलोराडो । अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरले जनवरी महिनाको नियमित साहित्यिक यात्रा सम्पन्न गरेको छ । जनवरी ३१, आइतबार सम्पन्न कार्यक्रममा प्यालेस्टाइन कवि असरफ फायदको मृत्युदण्डको विरोध गर्नुका साथै उनका बारेमा अनुवादित कवितासमेत प्रस्तुत गरिएको थियो ।

साहित्यिक यात्रामा आनन्द पोखरेल, दामोदर लुँईटेल, समिर आचार्य, भुपेन्द्र महत, देव भट्टराई, विजयराज शर्मा, भोला शिवाकोटी, पदम विश्वकर्मा र बिलोल पोखरेललगायत कविहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले अन्त्यमा प्रस्तुत रचनामाथि समीक्षा गरेका थिए । कार्यक्रममा कवि देव भट्टराईले पुराना स्रष्टाको सम्मानमा यस पटक कवि शिरोमणि लेखनाथ पौड्यालको कालमहिमा र च्याप्टरका महासचिव दिनेशकुमार कार्कीले शेखर अविरलको गजल प्रस्तुत गरेका थिए । त्यस्तै, नायक नवराज श्रेष्ठले आफ्नो आगामी चलचित्रको गीत प्रस्तुत गरेका थिए ।

च्याप्टरका अध्यक्ष भुपेन्द्र महतले स्वागत मन्तव्य राखेको कार्यक्रममा भोला सिवाकोटी ‘पुरानाघरे’ तथा टीका सिवाकोटीको प्रायोजनमा भएको थियो । कार्यक्रमको सभापतित्व बुद्धिजीवी तथा समाजसेवी डा. विजयराज शर्माले गरेका थिए ।

Check Also

जनसम्पर्क समिति अमेरिकाको साधारणसभा सम्पन्न

वासिङ्टन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा विधान …