Home / News / प्रवास / क्यालिफोर्निया च्याप्टरद्वारा सल्लाहकार, संयोजक चयन

क्यालिफोर्निया च्याप्टरद्वारा सल्लाहकार, संयोजक चयन

क्यालिफोर्निया । एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरले कानूनी सल्लाहकार, सल्लाहकार र संयोजक चयन गरेका छन् । जनवरी २४, आइतवार बसेको सभापति पूर्णचन्द्र बानियाँको अध्यक्षतामा बसेको बैठकले अघिल्लो सहमति भएअनुसार सल्लाहकार एवं प्रेस र सांस्कृतिक संयोजक चयन गरेको हो ।

च्याप्टर बैठकले क्यालिफोर्नियाका समाजसेवीहरु मणी नेपाली पनेरु, टिका चौधरी, डिकेन्द्र मास्के, रामचन्द्र ढकाल, विष्णु गुरुङ ‘एकता’, टीकाराम सुवेदी, सुरेश भट्ट, शान्तिराम ढकाललाई सल्लाहकारमा चयन गरेको छ । त्यसैगरी यज्ञ नेपाल र गोपाल शाहलाई कानूनी सल्लाहकार तथा दीक्षा बस्नेतलाई मिडिया कोअर्डिनेटर तथा अनिश ओकिली सापकोटालाई सांस्कृतिक संयोजकमा चयन गरिएको छ । बाँकी विभागमा पनि निकट भविष्यमै छलफल गरी संयोजक चयन गरिने च्याप्टर अध्यक्ष बानियाँले बताए ।

सो बैठकले नेपाली समुदायको हितका लागि विभिन्न विषयमा छलफल गरिएको जनाएको छ । अमेरिकाभर रहेका सबै नेपाली–अमेरिकनहरुको तथ्यांक संकलन गरिने, इमर्जेन्सी फण्ड, ५ सय आजीवन सदस्य पु¥याउने राज्यबाट २ जनालाई केन्द्रीय समितिमा मनोनयनको व्यवस्था र एनआरएनको साधारण सदस्यताका लागि आकर्षण बढाउने विषयमा छलफल भएको च्याप्टर सचिव सुरेन्द्र मल्लले जानकारी दिए ।

बैठकमा सभापति बानियाँ, उपसभापति रामबाबु पाण्डे, सचिव मल्ल, कोषाध्यक्ष प्रमोद जोशी, निर्देशकहरु युवराज भट्ट, श्रीमती द्रौपती भट्ट, सुरेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Check Also

wana-nagc-community

वाना र एनएजीसीद्वारा सामुदायिक केन्द्र भवन निर्माणकार्य शुभारम्भ

क्यालिफोर्निया । वेस्ट अमेरिका नेपलिज एसोसिएसन (वाना)ले सामुदायिक केन्द्र भवन निर्माणकार्यको शुभारम्भ गरेको छ । …