Home / News / अमेरिकामा वकिलसँग परामर्श / अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

म र मेरो श्रीमान् २००८ मा अमेरिकामा एफ–१ भिसामा आएका हौं। मैले ब्याचलर्स डिग्री २०११ मा सिध्याएँ। एक वर्षको ओपिटीपछि भिसा कायम राख्नका लागि एउटा कम्प्युटर स्कुलमा एफ–१ भिसा कायम राख्न एक वर्ष जति पढें। त्यसपश्चात् म्यानेजमेन्ट फिल्डमा माष्टर्स डिग्रीमा प्रवेश गरी एक युनिभर्सिटीबाट एमबीए डिग्री पनि लिएँ। ग्राजुएसनपछि ओपिटीका लागि निवेदन पेश गरें। एक हप्ताअघि युएससीआईएसले मेरो ओपिटी डिनाइ गरेको भनी निर्णय दियो। निर्णयमा मैले कम्प्युटर इन्ष्टिच्युटमा पढ्दा एफ–१ भिसा मेनटेन नगरेका कारण मैले एफ–१ को ठाउँमा एम–१ को कोर्स लिएकाले मेरो नन–इमिग्रान्ट भिसा त्यही समयद ेखि नै आउट अफ स्टाटस भएको भनी दाबी गरेको छ। मेरो श्रीमान् एच–१बी भिसामा रहनुभएको र भर्खरै उहाँको एम्प्लोयमेन्ट बेस्ड आई–१४० पिटिसन एप्रुभ भएको र इमिग्रान्ट भिसा पनि भिसा बुलेटिनमा उपलब्ध भएकाले अब आई–४८५ एप्लिकेसन पेश गर्ने तयारीमा छौं। मेरो श्रीमान्को लयरले मेरो ग्रीनकार्ड एप्लिकेसन नहुन सक्छ भनेर भनेको छ। यो एउटा ठूलो समस्याको रुपमा आएको छ। केही सुझाव दिनुभए आभारी हुने थियौं।

– राधा केसी, मिचिगन

अमेरिकाको अध्यागमन कानूनअन्तर्गत युएस सिटिजनको श्रीमान्–श्रीमती, बाबुआमा वा नाबालक छोराछोरीहरुबाहेक अन्य व्यक्तिहरुले अमेरिकाभि नै ग्रीनकार्ड प्राप्त गर्न वा एडजष्टमेन्ट अफ स्टाटस गर्नका लागि उनीहरुले अनिवार्यरुपमा नन–इमिग्रान्ट भिसा कायम राखी बसेको हुनुपर्नेछ । लाइफ एक्टअन्तर्गत पेनाल्टी फी तिरी एडजष्ट गर्न पाउने योग्यता भएकाहरुबाहेक अन्य ग्रीनकार्डका निवेदकहरुले आई–४८५ एप्लिकेसन पेश गरेको दिनसम्म कुनै पनि नन–इमिग्रान्ट भिसा मेनटेन नगरेको भए एडजष्टमेन्ट वा ग्रीनकार्ड प्राप्त गर्न अयोग्य रहनेछन् ।

तपाईंको हकमा यदि युएससीआईएसले तपार्ईंको भिसा २०१३ ताका नै आउट अफ स्टाटस भएको भनी दाबी गरेको छ र यो सत्य हो भने इमिग्रेसन ल अनुसार तपाईंको आई–४८५ एप्लिकेसन एप्रुभ हुनेछैन । तर, युएससीआईएसको निर्णयमा तपाईं सहमत हुनुहुन्न भने तपाईंले अपिल फायल गर्न सक्नुहुनेछ । तपाईंले अपिल गर्दा यो प्रमाणित गर्नु जरुरी छ कि युएससीआईएसको निर्णय गलत छ र कानूनसंगत छैन । यस सम्बन्धमा तपाईंले उक्त कम्प्युटर इन्ष्टिच्युटसँग सम्पर्क गरी आवश्यक कागजपत्रहरु संकलन गर्न आवश्यक हुनेछ । यो अपिलको निर्णय तपाईंको इमिग्रेसन स्टाटस वा ग्रीनकार्ड प्राप्तिका लागि महत्वपूर्ण भएकाले अनुभवी इमिग्रेसन लयरको सहयोग लिन सुझाव छ ।

Check Also

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

म सी–१ भिसामा अमेरिका आएको छु। म शीपमा काम गर्ने हैसियतले अमेरिकामा पस्ने मौका पाएको …