Home / News / समाचार / बम विस्फोट गराउने यादव पक्राउ

बम विस्फोट गराउने यादव पक्राउ

सप्तरी, २१ माघ । विभिन्न आपराधिक घटनामा संलग्न रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको फर्सेठ गाविस–३ निवासी सुरेन्द्रकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ

यादवले राजविराज नगरपालिका–५ निवासी महेशनाथ शर्मा लुइँटेललाई भारतीय मोबाइल नम्बरबाट आफू भगतसिंह पार्टीको कार्यकर्ता रहेको भन्दै ५० लाख फिरोती माग गरेको र मागेजति रकम नदिएपछि गत माघ १९ गते राति लुइँटेलको घरमा बम विस्फोट गराएको प्रहरी निरीक्षक सुरज खड्काले बताए ।

यादवले गत माघ १ गते सप्तरीको कञ्चनरुप नगरपालिका–१ बस्ने उपेन्द्रप्रसाद साहलाई समेत भारतीय नम्बरबाट फोन गरी १० लाख २४ घन्टाभित्र फिरौती माग गरेको र नदिएपछि गत माघ २ गते साँझ साहको घरमा बम विस्फोट गराएको प्रहरी बताएको छ ।

पक्राउ परेका यादव अपहरण लुटपाट र विभिन्न आपराधिक क्रियाकलापमा संग्लन देखिएकाले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरिनुका साथै थप अनुसन्धान भइरहेको छ ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …