Home / News / अर्थ / एनसेलको स्वामित्व खरिदबिक्रीको ४० अर्व राजस्व नतिर्ने प्रपञ्च

एनसेलको स्वामित्व खरिदबिक्रीको ४० अर्व राजस्व नतिर्ने प्रपञ्च

माघ २१। वाषिर्क बजेट ८ खर्ब १९ अर्ब रुपैयाँ भएको मुलुकमा १ खर्ब ३ अर्ब रुपैयाँमा कम्पनी खरिदबिक्री निकै ठूलो हो । तर एनसेलको स्वामित्व खरिदबिक्रीमा सरकारले पाउने ४० अर्ब रुपैयाँ नतिर्ने प्रपञ्च रचिँदैछ ।
युरोपको टेलियोसोनेराले टेलिकम सेवा प्रदायकको होल्डिङ नाममा एनसेलमा रहेका ८० प्रतिशत स्वामित्व मलेसियाको एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलर ९एक खर्ब तीन अर्ब रुपैयाँ ० मा बिक्री गर्न सम्झौता डेढ महिनाअघि भएको आजको अन्नपूर्ण दैनिकले छापेको छ । यस्तै स्थानीय साझेदार निरजगोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत स्वामित्व चार करोड ८० लाख अमेरिकी डलरमा भावना श्रेष्ठले खरिद गर्ने भनिएको छ ।
सबै स्वामित्व संरचना परिवर्तन् हुँदा १ खर्ब ४० अर्ब रुपैयाँको डिल हुँदैछ । तर ८० प्रतिशत स्वामित्व खरिद गर्ने एक्सिएताले पुँजीगत लाभकर तिर्नुनपर्ने पूर्वादेश माग गरी आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा समक्ष निवेदन गरेपछि कर छल्ने नियत देखिएको हो ।
करदाताले आयकर ऐनको कुनै प्रावधान अस्पष्ट लागे व्याख्यासहित पूर्वादेशका लागि महानिर्देशकसमक्ष निवेदन दिनसक्छ । महानिर्देशकले जारी गर्ने पूर्वादेश कानुनसरह हुन्छ ।
एक्सिएटाले देशबाहिर अफसोर कारोबार भएको आधारमा कर तिर्न नपर्ने दाबी गरेको छ । यस्तै एनसेल बिक्री भए पनि उसको प्यारेन्ट कम्पनी रेन होल्डिङ बिक्री नभएको आधारमा कर तिर्न नपर्ने भनिएको छ ।
रेन होल्डिङ टेलियासोनेराको ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको होल्डिङ कम्पनी हो । ब्रिटिस भर्जिन आइल्यान्ड कम्पनी दर्ता गर्न र कारोबार गर्न सम्पत्तिको स्रोत खुलाउन नपर्ने ट्याक्स हेवनका रुपमा चर्चित छ ।
राजस्व अधिकारीहरुका अनुसार १० करोड चुक्ता पुँजी भएको एनसेलको बिक्रीबाट प्राप्त लाभमा २५ प्रतिशत पुँजीगत लाभकर लाग्छ । यस आधारमा करिब ४० अर्ब रुपैयाँ राजस्वबापत पाउनुपर्ने हुन्छ ।

Check Also

महराले भने– ‘आर्थिक समृद्धि अहिलेको आवश्यकता’

कात्तिक २७ । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले तत्काल स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताए …