Home / News / खेलकुद / यू–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलबाटै नेपाल बाहिरियो

यू–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलबाटै नेपाल बाहिरियो

माघ २२ । नेपाल यू–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । नेपाल बंगलादेशसँग ६ विकेटले पराजित हुँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने मौका गुमाएको हो ।
२१२ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई नेपाली बलरहरुले सुरुवाटै दबावमा राखेको थियो । तर, जाकिर र महेदी हसनले शतकीय साझेदारी गर्दै बंगलादेशलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याएका छन् ।
हसनद्वयको उत्कृष्ट प्रदर्शनको मदतमा बंगलादेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । जाकिर ७५ र मेहदी ५५ रनमा अविजित रहे ।

Check Also

फुटबलमा भुटानले नेपाललाई उछिन्यो

  चैत २४। फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा०ले जारी गरेको नयाँ विश्व वरियतामा …